Shittalpati
अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाइँदै

पाल्पा, अन्तराष्ट्रिय पर्वतीय दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । संयुक्त राष्ट्रसंघीय पर्यटन संगठनको आह्वानमा हरेक वर्ष डिसेम्वर ११ अर्थात आजकै दिनमा यो दिवस मनाइँंदै आइएको छ ।

दिवसका अवसरमा पर्यटनसँग सम्बन्धित संघसंस्था तथा समूहहरुको आयोजनामा विभिनन्न कार्यक्रम आयोजना हुँदैछन् । हरेक वर्ष आजकै दिन (११ डिसेम्बर) मनाइने यो दिवस विश्वसामु यी महत्वपूर्ण तर उपेक्षित क्षेत्रको सम्मान गर्न आह्वान गर्ने दिन पनि हो । यस वर्षको अन्तर्राष्ट्रिय पर्वत दिवसको सन्देश ‘महिलाहरूले पर्वतलाई चलाउन सक्दछन्’ भन्ने हो । पछिल्लो समय जलवायु परिवर्तनका कारण हिउँ पग्लिदा हिमालहरुको अस्तित्व खतरामा परेको आरोहीहरु बताउँछन् । त्यस्तै सरकारले पर्वतारोहीहरुको उचित अनुगमन गर्न नसक्दा हिमालहरु फोहोर बन्दै गएको र पर्यावरणीय प्रदुषण बढ्दै गएको वातावरणविद्हरुको भनाई छ । पृथ्वीको २५ प्रतिशत भू–भाग पर्वतीय क्षेत्रले ओगटेको छ । विश्वको कुल जनसंख्याको करिब २० प्रतिशत मानिस यसै क्षेत्रमा बसोवास गर्छन् ।

प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९  ११:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update