Shittalpati
आमा


✍️ विमला पाण्डे

मैले थोरै भात थप्दिनु भन्दा
रित्तिएको कसौडी हेर्दै मलाई भोक छैन्
भन्दै तर्किन्छौँ तिमी ।

कामको थकाइले गल्छौ तिमी,
मेरो लागि आधा पेट खाएर पनि मलिनो ओछ्यानमा
खुशी हुँदैं ढल्छौ तिमी ।।

तिम्रो महानताको वणन कुन,
शब्दमा गरू खै मलाई केही भयो भने
पिडाले नै जल्छौं तिमी ।

थोरै मुस्कानको टालो हल्न सकु तिम्रो,
मलिनतामा ईश्वर छन् विश्वास छ कुनै
भगवान भन्दा कम छैनौं तिमी ।।

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update