Shittalpati
देशप्रेम 

 विमला पाण्डे 
 गुल्मी, तम्घास

म कसरी पोखुँ मनका भावना
प्रश्न एउटै छ, देश कता छ ।
देश विग्रिएको होईन् , विग्रिदै छ 
हामी मानवको सोच यसलाई मेटाउन लागि रहेछौँ । 

निकै पर हेर्दा खै कता छ देशको भविष्य 
खसकिदै छ यहाँ आफ्नो पन हराउँदै छ  ।
बस सोच्दै छ त मान्छे आफ्नो लागि 
हारेको हैन देश, हराउँदै  छौ हामी आफैँ पुर्खाको योगदान किताबी पानामा सम्झिने बाटो बन्दैछ ।
देशले पनि भित्रबाट मलाई बचाऊ भन्दै छ ।
म विलिन हुन पुगेँ भन्दै चित्कार गर्दै छ देश
सुनिदिने युवा पलायन भैदियो
मेरो अस्तित्व मानवले नै लैदियो । 

युवा देशप्रेम भन्दा अवसरको बाटो खोज्दै छ 
आफ्नो सपनाको पछाडि भाग्दै गर्दा
मलाई बिर्सिए जस्तो लाग्दै छ ।
म हराउँन लागे, मलाई हार्न नदेऊ 
मलाई बचाऊँ भन्दै छ देश मलाई बचाऊँ ।

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update