Shittalpati
 चेन्नईले पञ्जावलाई २८ रनले हरायो

काठमाडौं, इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किंग्स विजयी भएका छन् ।  कोलकाताले लखनउलाई ९८ रनको फराकिलो अन्तरले हराएको हो । कोलकाताले दिएको २ सय ३६ रनको लक्ष्य पछ्याएको लखनउ १६ ओभर १ बलमा १ सय ३७ रनमा समेटियो । लखनउका मार्कर स्टोइनिसले सर्वाधिक ३६ रन बनाए । कोलकाताका नवीन उल हकले ३ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ३५ रन बनाएको थियो । उसका सुनिल नारिनेले ८१ रन बनाए । जितसँगै अहिलेसम्म खेलेका ११ खेलमा ८ मा जित र ३ मा हार व्यहोरेर १६ अंकका साथ कोलकाता तालिकाको पहिलो स्थानमा उक्लिएको छ । समान ११ खेल खेलेको लखनउ १२ अंकका साथ तालिकाको पाँचौ स्थानमा छ ।  चेन्नईले पञ्जाबलाई २८ रनले हराएको छ ।  चेन्नईले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३९ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि प्रभसिम्रन सिंहले  सर्वाधिक ३० रन बनाए । त्यसअघि टस हारेर ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६७ रन बनायो । चेन्नईका लागि रवीन्द्र जडेजाले सर्वाधिक ४३ रन बनाए । जितपछि चेन्नई ११ खेलमा १२ अंक सहित तेस्रो स्थानमा उक्लिएको छ । पञ्जाब भने ११ खेलमा ८ अंक सहित आठौँ स्थानमा छ ।आईपीएल क्रिकेटमा आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबाद खेल्दैछन्  । मुम्बईको वानखेडेमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update