Shittalpati
  सांसद भण्डारीले आगलागी पीडितलाई भने– ‘घरवास जले पनि, मन नजलाउँनुहोस्’ 

गुल्मी, ‘आगोले घर जले पनि मन नजलाउनुहोस्, जिल्ला जलिरहँदा मेरो मन जल्यो, म आफै अस्वस्थ भएका कारण समयमै आउन सकिन, धैर्य रहनुहोस् हामी साथमा छौं’ यी भनाई नेपाली काँग्रेसका प्रभावशाली नेता तथा गुल्मी क्षेत्र १ का सांसद चन्द्र भण्डारीले अग्नि पीडितका घरआँगनमा पुगेर व्यक्त गरेका हुन् । 

जलेर घाइते भई उपचारकै क्रममा रहेका भण्डारी अस्वस्थ अवस्थामा आगलागीबाट पीडितहरुलाई सान्त्वना दिर्दै सहयोगको पहल गर्न प्रभावित क्षेत्र पुगेका हुन् । भण्डारी यति बेला आगलागीबाट प्रभावित क्षेत्र गुल्मीका गाउँ– गाउँ पुगेर अवस्थाका बारे जानकारी लिइरहेका छन् । उनले घरगोठ जलेर पीडामा रहेका जनतालाई सम्झाउँदै घर जले पनि मन नजलाउन आग्रह गरे । सांसद भण्डारी भने ‘मेरा घाउमा त, माम्री लागेका छन् । अग्नी पीडितका जलेका मनमा पहिलो मल्हम भेटघाट हो भन्ने सोंचेर म गृहजिल्ला आएको हुँ । अहिले नै सबै कहाँ पुग्न नसकुला तर राजधानी फर्के पछि, अवस्थाका विषयमा कुरा उठाउँछु, अनि सरकारलाई राहत पठाउन भन्छु ।’ 

उनले पीडित सामु भावुक हुँदै भने‘नेपाली परम्परा जलेको छैन्,तपाईहरुको पीडालाई सहयोगको मल्हम लगाउँछौ, जलेका घरवास नयाँ बनाउँछौं, धैर्य रहनुहोस् ।’  भण्डारीले गहभरी आँसु झार्दै यो पीडाको घडीमा हिम्मत र शाहसलाई कायम राख्न सबैसँग आग्रह गरे ।   घरवास जलेर बेघरवार भएका अग्नि पीडितका सामु चिन्ता नलिन सबैलाई अनुरोध गर्दै भने ‘धेरै सहयोगी हातहरु हुनुहुन्छ चिन्ता नगर्नुहोस्  ।’ सांसद भण्डारीले यसो भन्दै गर्दा उजाड बस्तिमा रहेका पीडितका खिन्न र जलेका मनहरु आश्वासनको ढाडसले सित्तल भएको महशुस स्थानीयले गरेको भान हुन्थ्यो ।

सांसदसंगै आगलागी प्रभावित क्षेत्र पुगेका नेपाली काँग्रेस गुल्मीका सभापति एवं रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले शरिरभरी सयौं, छालाका टाला र जलनका घाउँहरुको दुखाई सहदै जनताको पीडामा साथ दिन भण्डारी गाउँमा आएसँगै पीडितहरुको मनमा शाहस पलाएको बताए । ‘भण्डारी सदरमुकाम झर्ना साथ गाउँ जाउ भन्नुभयो, उहाँ गाउँ आएसँगै पीडित आशावादी छन्, यो नै उहाँको महानता हो’ जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले भने । 

‘गत बर्ष निवासमै ग्यास विस्फोट भएर,आमा गुमाएको पिडा र आफुले पाएको पुर्नजीवनका अनुभव संगाली रहेका सांसद भण्डारीको यो कार्य अत्यन्तै प्रशसंनिय रहेको इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्काले बताए । उनले तमाम स्वास्थ्य समस्याका बावजुद उहाँको जोस् र जागरमा कमी नहुनु भनेकै हामी गुल्मेलीहरु भाग्य मानी रहेको सुनाए । स्थानीय समाजसेवी युवा तारा भुषालले पनि सांसद भण्डारी आफै विरामी भए पनि पीडितको घर पुगेर सान्त्वना दिनु राम्रो लागेको बताए । नेता भण्डारीले इस्मा गाउँपालिका –२ सिदुङ्खा, गुल्मी दरवार गाउँपालिकाको चारपाला र आसापसका पीडितहरुका घरमा गएर पीडितको स्वास्थ्य अवस्था र क्षतिका विषयमा चासो  लिएको उनका स्वकीय सचिव बोधराज कंडेलले जानकारी दिए । 

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update