Shittalpati
पाल्पा क्षेत्र नं. २ को मत गणना सुुरु

पाल्पा, पाल्पा निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । करिव ४:२५ बजेतिर यस क्षेत्रको मतगणना सुरु भएको मत गणनास्थलबाट हाम्रा संवाददाता कृष्ण पोखरेलले बताए ।

अहिले तानसेन नगरपालिका –९ र बगनासकाली गाउँपालिका –१ को मतगणना भइरहेको छ । सर्वदलीय बैठकपछि मतगणना सुरु भएको हो । दुई प्रतिनिधि र चार प्रदेशसभा रहेको पाल्पामा मतपेटिका संकलन गर्न केही ढिलाइ हुँदा मतगणना समयमा हुन सकेको थिएन् । ढिलाई गरी मत गणना सुुरु भएको हो ।

यहाँको मतगणना सदरमुकाम तानसेनस्थित बालमन्दिर भवनमा भइरहेको छ । यस क्षेत्रबाट प्रतिनिधिसभामा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेय, नेकपा एमालेबाट ठाकुर गैरे, जनसमाजवादी पार्टी नेपालका देव बहादुर हिस्की, राष्ट्रिय स्वतन्त्र पार्टीका सोमप्रसाद गैरे, राष्ट्रिय जनमुक्ति पार्टीका हुमबहादुर थापा मगर, नेपाल मजदुर किसान पार्टीका शिव सुन्दर भुख्वा, मंगोल नेशनल अर्गनाइजेशनका मनबहादुर दर्लामी, नेपाल आमा पार्टीका तारा बहादुर खत्री, जनता समाजवादी पार्टीबाट दुर्पता सोमैले मनोनयन दर्ता गराएका छन् । क्षेत्र २ बाट उपेन्द्र राज गहिरे, केशरबहादुर आले र जीवलाल सुवेदीले स्वतन्त्रमा उम्मेदवारी छ । प्रदेशसभामा २ (१) नेपाली कांग्रेसबाट वीरबहादुर राना, नेकपा एमालेबाट परशुराम भट्टराई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजु गैरे, मंगोल नेशनल अर्गनाइजेशनका लक्ष्मण गाहा, राष्ट्रिय जनमुक्ति पार्टीका टेकबहादुर राना मगर, जनता समाजवादीबाट खिकबहादुर रेश्मी मगर, नेपाल मजदुर किसान पार्टीका माधव अधिकारीले उम्मेदवार छन् । प्रदेशसभा २ (२) मा नेकपा माओवादी केन्द्रबाट तुलाराम घर्ति मगर, नेकपा एमालेबाट ओमबहादुर घर्ति, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चक्रपाणी पौडेल, मंगोल नेशनल अर्गनाइजेशनका शिव बहादुर गाहा, राष्ट्रिय जनमुक्ति पार्टीका इन्द्र बहादुर अस्लामी उम्मेदवार छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  १६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update