Shittalpati
दुर्घटनामा पत्रकार कँडेलको मृत्यु

रुपन्देही, मोटरसाइकल दुर्घटनामा रुपन्देहीका ३५ वर्षीय पत्रकार एनबी (नरबहादुर) कँडेलको निधन भएको छ । बुटवलबाट भैरहवातर्फ जाँदै गर्दा शुक्रबार साँझ तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा लु १ क ५२७६ नंको रेडिमिक्स (सिमेन्ट घोल्ने सवारी)ले कँडेल सवार लु ४४ प ८२०१ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका कंडेलको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निधन भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

कँडेल रुपन्देहीको सैनामैना नगरपालिका–१ रानी बगियामा बस्दै आएका थिए । उनी ग्लोबल आवाज डटकमका प्रधान सम्पादक हुन् । कँडेल सवार मोटरसाइकललाई ठक्कर दिने सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । कँडेलका श्रीमती १ छोरा र १ छोरी छन् ।

प्रकाशित मिति: शनिबार, मंसिर ३, २०७९  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update