Shittalpati
पाल्पामा स्थानीय तह भन्दा ८ प्रतिशत मत कम खस्यो

कृष्ण पोखरेल
पाल्पा, पाल्पामा स्थानीय तहभन्दा कम मत खसेको छ । आइतबार सम्पन्न प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा जिल्लाभर ६० दशमलव ९४ प्रतिशत मत खसेको छ । जिल्लामा २ लाख १ हजार ३ सय २६ मतदात रहेकोमा १ लाख २२ हजार ६ सय ९४ मत खसेको हो ।

पाल्पा क्षेत्र नंं. १ मा ९६ हजार ३३ मतदाता रहेकोमा ५८ हजार ४ सय ९१ मत खसेको छ भने क्षेत्र नंं २ मा १ लाख ५ हजार २ सय ९३ मतदाता रहेकोमा ६४ हजार २ सय ३ मत खसेको छ । जुन स्थानीय तहमा खसेको मतको ८ प्रतिशतले कम हो । गत बैशाखमा भएको स्थानीय तहमा ६८ दशमलव ९५ प्रतिशत मत खसेको थियो । १ लाख ९५ हजार ६ सय ९० मतदाता रहेकोमा १ लाख ३७ हजार ६ सय ८५ मत खसेको हो ।

स्थानीय तहको निर्वाचनमा मतदाताहरुमा जुन उत्साह थियो अहिले त्यो देखिएन । राजनीतिक दलहरुप्रति आम मतदाताको वितृष्णका कारण पनि मत कम खसेको धेरैले आंकलन गरेका छन् । पाल्पामा मात्र होइन, स्थानीय तह निर्वाचनको जस्तो उल्लास कुनै जिल्लामा पनि देखिएन् ।

जुनसुकै दल सत्तामा पुगे पनि आफ्ना र आसेपासेको मात्र हित हेरे, जनताको जीवन उज्यालो बनाउन कुनै कदम नचालेका र यो निर्वाचनमा विश्वासलाग्दा र दिल छुने मुद्दा पनि अघि नसारेका कारण नागरिकहरू मतदानप्रति विकर्षित भएको सहजै बुझ्न सकिन्छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  १२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update