Shittalpati
बगनासकाली गाउँपालिकाद्वारा लामाधामी सम्मानित

पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिकाले पालिका भित्र रहेका लामाधामीहरुलाई सम्मान गरेको छ । लामाधामीहरुमार्फत नै अन्धविश्वासलाई हटाई विरामी हुँदा अस्पताल जानुपर्छ भन्ने मान्यता स्थापित गराउन पालिकाले उनीहरुलाई सम्मान गरेको हो ।

अन्धविश्वासका कारण विरामीहरुले दुःख पाउने, अकालमा मृत्यु समेत हुने गरेका घटनाहरु घट्ने गरेको भन्दै पालिकाले त्यसलाई न्युनिकरण गर्न विरामी भए तुुरुन्तै अस्पताल पुर्‍याउने अभियान नै सञ्चालन गरेको छ । उक्त अभियानलाई सार्थकता तुुल्याउन गाउँपालिकाले लामाधामीहरुसँग छलफल र अन्तक्र्रिया गरी उनीहरुलाई अभियानमा लाग्न प्रोत्साहन स्वरुप सम्मान गरिएको जनाएको छ । गाउँपालिकाले ४५ जना लामाधामी, झाक्री तथा तान्त्रिक गुरुहरुलाई एक औपचारिक कार्यक्रमकाबिच दोषल्ला ओढाएर सम्मान गरेको हो ।

सम्मानित भएपछि लामाधामीहरुले आफुसँग आएका विरामीहरुलाई आत्मबल र आत्मविश्वास बढाएर उपचारको लागि अस्पताल पाठाउने सामुहिक प्रतिवद्धता जनाएका छन् । उनीहरुले आफुुहरु समक्ष  आउने विरामीहरुको मनोविज्ञान बुझ्ने, अवस्थाको जानकारी लिने समान्य किसिमको अवस्था भए हाम्रो विधि पद्धती अनुसार औषधी उपचार गर्ने र अंगभंग भएका, विभिन्न किसिमका सर्ने तथा नसर्ने रोगका विरामीहरुलाई तुुरुन्तै अस्पतालमै पठाउने प्रतिवद्धता जनाएका हुन् ।

लामो समयदेखी लामाधामीको काम गर्दै आएका बगनासकाली –५ दर्लामडाँडाका दिनानाथ गैरेले पैसाको लोभमा कुनै पनि लामाधामीले विरामीहरुलाई रोकेर राख्न नहुँने र उपचारको लागि अस्पतालमै पु¥याउनु पर्ने बताए ।  उनले भने‘ म आफै लामाधामी हुँ, साँझ सुत्दा राम्रै सुतेको विहान उठ्दा मेरो बोली नै रोकिएको थियो, परिवारले तत्काल उपचारको लागि मिसन ल्याएपछि मेरा ज्यान बच्यो, अस्पताल नल्याएको भए तलमाथि हुन्थ्यो ।’

लामाको नाममा ठगी गर्ने, हास, कुखुरा, बोका काट्न लगाउने चलन बढ्दै गएको अवस्थामा स्थानीय सरकारले लामाधामीहरुलाई एकजुट गरी अन्तक्र्रिया गरेर राम्रो अभियानको शुरुवात गरेको लामाधामी ताराबहादुर सिंजालीले बताए । आफुले विरामीहरुलाई पहिलो चरणमै अस्पतालमा पठाउने गरेको र अस्पतालमा ठिक नभएका विरामीहरुको मात्र आफुले लामाधामीको विधी अनुसार उपचार गर्ने गरेको उनको भनाई छ माडी पोखराथोकी सुमित्रा बरालीले धैरे मानिसहरु उपचारको लागि आफ्नो आश्रममा आउने गरेता पनि कुराकानीको आधारमा रोगको अवस्था जानकारी पाई उपचारको लागि आत्मविश्वास सहित अस्पतामा पठाउने गरेको बताईन । १० बर्षदेखी लामाधामीको काम गर्दै आएका बगनासकाली –५ गरनडाँडाका भोजराज अर्यालले आफु कहाँ आउने विरामीहरुलाई १५ मिनेटसम्म राख्दा कुनै सकारात्मक परिवर्तन नआए तुुरुन्त अस्पताल पठाउने गरेको बताए । बगनासकाली गाउँपालिकाले गरेको सर्भेहरुबाट विरामीहरु लामाधामी कहाँ जाने, केही समय त्यहीकै उपचार झारफुकमा लाग्ने र जटिल भएपछि मात्र अस्पताल जाने स्थितिमा सुधार ल्याउने अभियानाका साथ लामाधामी सचेतना तथा सम्मान कार्यक्रम गरिएको पालिकाकी अध्यक्ष सरस्वती चिदी दर्लामीले बताईन । आगामी दिनमा लामाधामीका घर–घरमा  पालिकाबाट छड्के अनुगमन  गर्ने अध्यक्ष चिदीले बताईन । पालिका उपाध्यक्ष हरि प्रसाद पाठकले पालिकाको समग्र स्वास्थ्य अवस्थामा सुधार ल्याउन, मानिसलाई दीर्घायु बनाउन लामाधामी, चिकित्सक, जनप्रतिनिधी र पत्रकार सहितको संयुक्त छलफल अन्तक्र्रिया गरिएको बताए ।

पालिकाका प्रवक्ता टिका बहादुर थापाले आजको जमानामा पनि अन्धविश्वासमा पर्दा मानिसहरुमा जिउधनको क्षति भइरहेकोले समाजबाट अन्धविश्वासका घटनाहरुलाई हटाउन, पालिकास्तरीय लामाधामी सहभागी कार्यक्रम गरिएको बताए । अन्तरक्रियामा आएका सुझावहरु कार्यान्वयन गरिने प्रवक्ता थापाले बताए । स्वास्थ्य शाखा प्रमुख मणीराम अधिकारीले समग्र बगनासकालीको स्वास्थ्य अवस्थासंगै, नसर्ने रोग सुगर, प्रेसर कोलेस्टोर, थाईराईड, मुटु ढाड कम्मर तथा क्यान्सरका रोगीहरु समेत लामाधामीको झारफुकमा लागि ज्यान जोखिममा पारेकोले लामाधामी सहित अन्तरक्रिया गरिएको जानकारी दिए । कार्यक्रममा मिसन अस्पतालका सत्यनारायण भष्म, लुम्बिनी मेडिकल कलेजकी प्राध्यापक डा.समता नेपाल, वडा नंं ८ का वडा अध्यक्ष मोतीलाल बस्याल, पुर्व स्वास्थ्यकर्मी शालिकराम पहारी लगायतले लामाधामी सहित हामी सबै मिलेर विरामीलाई नजिकको अस्पताल पुर्‍याउन लाग्नु पर्नेमा जोड दिए । पत्रकार देव पचभैया, नारायण न्यौपानेले, दयाराज न्यौपाने लगायतले अन्धविश्वासमा धेरै विरामीहरुले दुःख पाएको, विरामीहरुको मृत्यु समेत भएकाले सचेतना, नेपालको कानुनी अवस्था बारे लामाधामीहरुलाई जानकारी गराउनु पर्नेमा जोड दिए । 

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १५:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update