Shittalpati
माथागढी सरकारलाई एम्वुलेन्स सहयोग
माथागढी सरकारलाई एम्वुलेन्स सहयोग जिल्लाको माथागढी सरकारलाई एम्वुलेन्स सहयोग प्राप्त भएको छ । पाल्पा सिमेन्ट ईन्डस्ट्रिज प्रालिले सामाजिक उत्तरदायित्व अन्तर्गत गाउँ सरकारलाई एम्वुलेन्स सहयोग गरेको हो ।
सुवेदीले गरे स्वर्गिय माता पिताको स्मृतिमा वृद्धाश्रमलाई युरोगार्ड सहयोग
सुवेदीले गरे स्वर्गिय माता पिताको स्मृतिमा वृद्धाश्रमलाई युरोगार्ड सहयोग पाल्पा, होटल व्यवसायी तथा पत्रकार जीवलाल सुवेदीले वृद्धाश्रमलाई स्वर्गिय मातापिताको स्मृतिमा युरोगार्ड सहयोग गरेका छन् । तिनाउ गाउँपालिका ६ मस्याम निवासी सुवेदीले आफ्नो माता स्व. छविकला र पिता स्व. टिकाराम सुवेदीको स्मृतिमा नीलसार असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्र तानसेनलाई युरोगार्ड सहयोग गरेका हुन् ।
रानीमहल दरबारको रङ फेरियो, अवस्था फेरिएन
रानीमहल दरबारको रङ फेरियो, अवस्था फेरिएन महलभित्र पानीपोखरी, मन्दिर, बगैँचा आदि रहेका छन् । दरबारको मूलढोकाबाट कुँदिएका ढुा र इँटाबाट बनाइएका खुड्किला तल सिधा कालीगण्डकी नदी कुण्डसम्म जोडिएका छन् । प्रसिद्ध मुक्तिनाथ तीर्थ जाने मुख्यद्वार भएकाले तीर्थालुहरूलाई बस्ने सुविधा सहितका पौवासमेत निर्माण गरिएको छ । तानसेनबाट उत्तरपश्चिम करीब तीन घण्टा पैदल यात्राबाट रानीमहल पुग्न सकिन्छ ।
उनाएचौरमा पुरातत्व शैलीको मन्दिर निर्माण
उनाएचौरमा पुरातत्व शैलीको मन्दिर निर्माण मन्दिरको एक कार्यक्रमका बीच रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले उद्घाटन गरेका हुन् । मन्दिरको उद्घाटन गर्दै नगरप्रमुख भुसालले नगर भित्र उत्कृष्ट पर्यटकीय गनतव्य बनाउने उद्देश्यले आकर्षक मन्दिर निर्माण गरिएको बताए । उनाएचौरमा अरु धेरै पर्यटकीय संरचना बनाइने नगरप्रमुख भुसालको भनाई छ ।
महिलालाई आत्मनिर्भर बनाउन सिलाई कटाई तालिम
महिलालाई आत्मनिर्भर बनाउन सिलाई कटाई तालिम सिलाई कटाई तालिमले घरको चुलो चौकोमा सिमित रहेका महिलाहरुलाई व्यवसाय नै सञ्चालन गरी आर्थिक रुपमा सबल र सक्षम बनाउन महत्वपूर्ण टेवा पुग्ने विश्वास नगरपालिकाले लिएको छ ।
पुस्तक र प्रतिलिपि अधिकार दिवस
पुस्तक र प्रतिलिपि अधिकार दिवस
गुल्मीको कालीगण्डकीमा काँग्रेसले कार्यकर्तालाई प्रशिक्षित गर्दै
गुल्मीको कालीगण्डकीमा काँग्रेसले कार्यकर्तालाई प्रशिक्षित गर्दै सुदुर गुल्मीको कालीगण्डकी गाउँपालिकाका सात वटै वडाका अगुवा कार्यकर्तालाई नेपाली काँग्रेसले प्रशिक्षित गरेको छ । नेपाली काँग्रेस कालीगण्डकी गाउँपालिकाको आयोजनामा भएको दुई दिने प्रशिक्षणमा सहभागी ७० जना अगुवा कार्यकर्ता तथा नेताहरुले, अब कालीगण्डकीमा संगठन मजबूत बनाउँन परीक्षण कोशे ढुंगा सावित भएको धारणा व्यक्त गरेका थिए ।
माथागढी गाउँपालिकाद्वारा पत्रकार र कर्मचारी सम्मानित
माथागढी गाउँपालिकाद्वारा पत्रकार र कर्मचारी सम्मानित माथागढी गाउँपालिकाले वीपी कोइराला पत्रकारिता पुरस्कारबाट पत्रकार सहित कर्मचारीहरुलाई सम्मान गरेको छ । पालिकाको आठौं गाउँसभाको नीति तथा कार्यक्रमबाट जिल्लाका ४ जना क्रियाशिल पत्रकार र पालिकाका उत्कृष्ठ ४ जना कर्मचारीहरुलाई सम्मान गरेको हो ।
पाल्पामा कोरोना बढ्दो, विहीबार मात्र थप ३० जनामा संक्रमण पुष्टि
पाल्पामा कोरोना बढ्दो, विहीबार मात्र थप ३० जनामा संक्रमण पुष्टि पछिल्लो समय जिल्लामा कोरोना संक्रमण दर दिनप्रतिदिन बढ्दै गएको छ । विहीबार मात्र जिल्लामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेनका १० जना सहित थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योजना सम्बन्धी कार्यशाला गोष्ठी
योजना सम्बन्धी कार्यशाला गोष्ठी जिल्लाको माथागढी गाउँपालिकाको दोस्रो आवधिक योजना तथा पहिलो दीर्घकालिन गुरुयोजना सम्बन्धि कार्यशाला गोष्ठी भएको छ । समृद्ध माथागढी बनाउने महत्वकाक्षीं योजनाका साथ गाउँपालिकाले पञ्चवर्षिय आवधिक योजनासंगै दीर्घकालीन गुरुयोजना बनाउनका लागि कार्यशाला गोष्ठी आयोजना गरेको हो । गोष्ठीमा योजना निर्माणका लागि आवश्यक पर्ने ज्ञान प्रदान गरिएको थियो ।
कोरोना विरूद्धको दोस्रो डोजको खोप लगाइयो
कोरोना विरूद्धको दोस्रो डोजको खोप लगाइयो जिल्लाको माथागढी गाउँपालिकामा पनि कोरोना विरुद्धको दोस्रो डोजको खोप लगाइएको छ । यसअघि माघ र फागुन महिनामा पहिलो डोजको कोरोनाविरूद्धको खोप लगाएका व्यक्तिहरूले दोस्रो डोजको खोप लगाएका हुन् । गाउँपालिकाले दुई स्थानमा खोप केन्द्र स्थापना गरी खोप लगाएको छ ।
Weather Update