नवजनचेतना राष्ट्रिय दैनिक २०७८ बैशाख ०८ गते बुधबार
बुधबार, वैशाख ८, २०७८
पाल्पा होटल तथा रेष्टुरेण्ट व्यवसायीको बैंठक
मंगलबार, वैशाख ७, २०७८
पाल्पा, जिल्लाका होटल तथा रेष्टुरेण्टहरुहरुको छाता संस्था पाल्पा होटल तथा रेष्टुरेण्ट व्यवसायी संघको बैंठक बसेको छ । संघको मंगलबार तानसेनमा बैंठक बसेको हो ।
गुल्मीको रेसुङ्गा क्याम्पसमा व्यवस्थापन संकाय स्नातकोत्तर तहको कक्षा सञ्चालनका लागि छलफल
मंगलबार, वैशाख ७, २०७८
‘विद्यार्थी शक्तिसँग जोस मात्र होइन, होस पनि हुन्छ’
मंगलबार, वैशाख ७, २०७८
गुल्मी, नेपाली काँग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले विद्यार्थी शक्तिसँग जोस मात्र नभई होस पनि हुने बताएका छन् । नेपाल विद्यार्थी संघ क्षेत्र नं २ गुल्मीले आयोजना गरेको कार्यक्रममा सभापति श्रेष्ठले विद्यार्थी शक्तिमा जोस मात्र नभई होस पनि हुने बताएका हुन् ।
पाल्पामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि
मंगलबार, वैशाख ७, २०७८
पाल्पा, जिल्लामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेनका ८ जना सहित थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने तीन सांसदलाई मन्त्री बनाइयो
मंगलबार, वैशाख ७, २०७८
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शड्ढर पोखरेलविरुद्ध सोमबार अविश्वासको प्रस्ताव दर्ता भएको छ । मुख्यमन्त्री पोखरेलकै सरकारमा रहेको नेकपा (माओवादी केन्द्र), प्रमुख विपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसहित दलका ४१ प्रदेशसभा सदस्यले मुख्यमन्त्रीविरुद्ध संसद् सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । तर प्रस्ताव दर्ता गराएकै केही समयमै मुख्यमन्त्री पोखरेलले अविश्वास...
श्रीनगरडाँडाको संरक्षणमा सबै जुटौं
मंगलबार, वैशाख ७, २०७८
पहाडकी रानी डार्जिलिङ्ग भनेर चिनिने पाल्पाको ऐतिहासीक शहर तानसेन, जहाँ हिमालको काखमा रहेको श्रीनगर डाँडाले थप शुन्दरता दिएको छ । डाँडामा पुग्ने जो कोही प्रकृतीसँग लुकामारी खेल्ने, हिमाल हेर्ने, रमाउने, फोटो खिच्ने गर्दा जो कोही झट्टै श्रीनगर डाँडाबाट फर्कन मान्दैन वन भोज खानेको ओइरो नै हुन्छ । श्रीनगरडाँडा कुनै बेला...
आज चैते दशैं पर्व, देशभर मनाइँदै
मंगलबार, वैशाख ७, २०७८
आज चैत्र–अष्टमी अर्थात चैते दशैं पर्व, देशभर दुर्गा भवानीको पूजा आराधना गरि मनाइदै छ । असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको जितको रुपमा लिइने दशैं हिन्दूधर्मावलम्बीहरुले वर्षमा दुईपटक मनाउने गर्दछन् । असोजमा मनाइने दशैंलाई बडादशैंको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा चैते दशैंको रुपमा मनाइन्छ । वर्षको दुई...
आजदेखि देशभर कोरोनाविरुद्धको दोस्रो डोज लगाइँदै
मंगलबार, वैशाख ७, २०७८
सरकारले आजबाट कोरोना भाइरसविरुद्धको खोपको दोस्रो डोज लगाउन सुरु गर्दै छ । खोप अभियान सुरु भएपछि पहिलो डोज लगाएकाहरुलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज दिन लागिएको हो । कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका ४ लाख ३९ हजार जनालाई दोस्रो मात्रा दिइने छ । पहिलो डोज जुन कम्पनीको खोप...
इन्धनको मूल्य फेरि बढ्यो
मंगलबार, वैशाख ७, २०७८
नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मूल्य पुनः बढाएको छ । शनिबार राति १२ बजेदेखि लागू हुने गरि मूल्य बढाइएको हो । निगमले पेट्रोल, डिजेल र मटीतेलको मूल्यमा प्रतिलिटर एक रुपैयाँ तथा हवाई इन्धनमा दुई रुपैयाँ वृद्धि गरेको छ । भारतबाट भाउ बढेर आएपछि स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि अनुसार इन्धनको...
चैते दशैं र यसको महिमा
मंगलबार, वैशाख ७, २०७८
हाम्रो संस्कृतिलाई जीवन्त राख्न चाड पर्वहरुको ठूलो महत्व हुन्छ । हाम्रा संस्कार र परम्पराहरुलाई यिनै चाड पर्वहरुले सुरक्षित राख्दछन् । त्यस्तैगरी चैते दशैं पनि एक विशेष नेपालीहरुको चार्ड हो । पुराना कथनहरुका अनुसार पहिले–पहिले मुख्य दशैं चैतमा पर्ने गर्दथ्यो तर उक्त समयमा सुख्खा भएर खडेरी पर्ने, मौसम बदली साथै दशैंको...


