Shittalpati
गुल्मीको रेसुङ्गा क्याम्पसमा व्यवस्थापन संकाय स्नातकोत्तर तहको कक्षा सञ्चालनका लागि छलफल

रमेश विश्वकर्मा

गुल्मी, गुल्मी जिल्लाको शैक्षिक धरोहर रेसुङ्गा बहुमुखी क्याम्पसमा व्यवस्थापन संकायको स्नातकोत्तरतहको कक्षा सञ्चालनका लागि मंगलबार अन्तक्र्रिया गरिएको छ । यस क्याम्पसमा व्यवस्थापन संकाय अन्तर्गत एम.बि.एसका कक्षा सञ्चालनका संम्भाव्यता अध्ययन गर्न त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रध्यापकहरुको टोली आएको थियो । मंगरबार सो टोलीसंग क्याम्पस सञ्चालक समिति, राजनैतिक दल, जनप्रतिनिधि, शिक्षाविद् समाजसेवी, प्रध्यापक, कर्मचारी अभिभावक एवम् सरोकारवाला सहितको सहभागितामा अन्तक्र्रिया गरिएको क्याम्पस प्रमुख हरिबहादुर केसीले जानकारी दिए । त्यस अवसरमा जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले जिल्लामै व्यवस्थापन संकायको एम.बि.एसका कार्यक्रम सञ्चालनका लागि सबैको सहयोग आवश्यक रहेको बताए । यसका लागि आवश्यक बजेटका लागि तीन वटै सरकारका प्रतिनिधिसंग समन्वयका लागि आफु तत्पर रहेको उनको भनाई छ ।

रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले रेसुङ्गा बहुमुखी क्याम्पसलाई नगरपालिकाबाट सहयोग पुर्याउँदै आएकोमा यसलाई निरन्तरता दिने बताए । जिल्लाकै गहनाको रुपमा रहेको यस क्याम्पसको शैक्षिक धरातललाई फराकिलो बनाएर लैजान आफु अग्रसर रहेको उल्लेख गरे ।त्यस अवसरमा नेपाल कम्युनिष्ट पार्टी एमालेका प्रदेश कमिटि सदस्य कृष्ण सुनार, नेपाली काँग्रेस जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका जिल्ला सचिव वीर बहादुर कार्की क्याम्पसको शैक्षिक, आर्थिक, भौतिक विकास र गुणस्तरीय शिक्षाका लागि राजनैतिक दलहरुको पूर्ण सहयोग रहने बताए । यस क्याम्पस सामुहिक एकताको नमुना समेत भएको उल्लेख गरे । संम्भाव्यता अध्ययनका लागि त्रिभुवन विश्वविद्यालयबाट प्रा.डा.युगराज भट्टराई, सह–प्रध्यापक ज्ञानमणी अधिकारी, लेखा अधिकृत सुनी श्रेष्ठ सहितको टोली आएको थियो । अन्तरक्रियामा वडाअध्यक्षहरु अखिलेश्वरप्रसाद पाण्डे, थम्मन केसी, नेपाल पत्रकार महासंघ गुल्मीका सचिव प्रेम सुनार, सञ्चालक समिति सदस्यहरु लगायतको आतिथ्यता रहेको थियो । क्याम्पस सञ्चालक समिति अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले सबैको सहयोगले मात्र क्याम्पसलाई सम्पुर्ण रुपले विकास गर्न सकिने बताउँदै सहभागीहरुलाई धन्यवाद दिए । क्याम्पस सञ्चालक समिति सदस्य धर्म विश्वकर्माको स्वागत मन्तव्य एवम् क्याम्पस प्रमुख हरिबहादुर केसीको सन्चालन रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update