Shittalpati
आज चैते दशैं पर्व, देशभर मनाइँदै

पाल्पा, आज चैत्र–अष्टमी अर्थात चैते दशैं पर्व, देशभर दुर्गा भवानीको पूजा आराधना गरि मनाइदै छ । असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको जितको रुपमा लिइने दशैं हिन्दूधर्मावलम्बीहरुले वर्षमा दुईपटक मनाउने गर्दछन् । असोजमा मनाइने दशैंलाई बडादशैंको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा चैते दशैंको रुपमा मनाइन्छ । वर्षको दुई पटक चैत र असोजमा गरिने दुर्गापूजाको विशेष महत्व रहेको शास्त्रमा उल्लेख छ । विगतमा आजको दिन देशका विभिन्न स्थानमा रहेका शक्तिपीठ तथा मन्दिरहरुमा बिहानै देखि पूजा तथा दर्शन गर्न दर्शनार्थीको चहलपहल हुने गरे पनि यस वर्ष कोभिडका कारण भने खासै भिडभाड नहुने देखिएको छ । चैते दशै पर्वको अवसरमा देवीमन्दिर तथा घरघरमा दुर्गा सप्तशती, देवी भागवत कालिकापुराण लगायत देवी महिमायुक्त ग्रन्थको वाचन गर्ने गरिन्छ । एक वर्षमा चैत र असोज महिनामा गरी दुई पटक पुज्ने दुर्गा पूजाको हिन्दु धर्म शास्त्रहरुमा विशेष महत्व रहेको उल्लेख गरिएको छ ।


हिन्दु धर्मालम्वीहरुले आज चैते दशै मनाएर भोलि विशेष उत्सवको साथ राम नवमी पर्व मनाउने गर्दछन् । मुख्य दशैंमा झै चैते दशैंमा पनि दुर्गा पुजा गरी मिष्ठान्न भोजन चढाइन्छ । देवी मन्दिरहरूमा देवी भागवत पाठ पारायण तथा कालिका पुराणका देविस्त्रोतहरु पाठ गरिन्छ । घरमा उपलब्ध खाद्यान्न परिकारहरूलाई बनाई तुल्याई खाई रमाइलो गरी चैते दशैं मनाइन्छ । आज अशोकको फूल खाने पनि गरिन्छ ।फुल खादा रोगब्याधी नष्ट हुने आम विश्वास छ । छोरी चेली लगायत दिदि वहिनी अनि कर कुटुम्भहरूलाई बोलाएर खुवाउने चलन रहेको छ । माशांहारीरुले माछा मासु खाने चलन छ र यसका लागि जनावरहरु वली दिईन्छ भने शाहाकारीहरूले भने घिरौला, भाण्टा, कुभिन्डो या अन्य फलफूललाई खुट्टाको टेको लगाएर वली दिने चलन छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update