Shittalpati
श्रीनगरडाँडाको संरक्षणमा सबै जुटौं

                                   राजेन्द्र लिगल

पहाडकी रानी डार्जिलिङ्ग भनेर चिनिने पाल्पाको ऐतिहासीक शहर तानसेन, जहाँ हिमालको काखमा रहेको श्रीनगर डाँडाले थप शुन्दरता दिएको छ । डाँडामा पुग्ने जो कोही प्रकृतीसँग लुकामारी खेल्ने, हिमाल हेर्ने, रमाउने, फोटो खिच्ने गर्दा जो कोही झट्टै श्रीनगर डाँडाबाट फर्कन मान्दैन वन भोज खानेको ओइरो नै हुन्छ । श्रीनगरडाँडा कुनै बेला राज्यशासन गरेको दरवार भएको स्थान र त्यस स्थानमा सेनाले बुट बजार्ने, पल्टन खेल्ने र रात्रीकालीन शुरक्षा गर्नेहरुले डाँडाबाट हेर्दा, पारी डाँडा बाट जहाँ गोरखपुर नौतनवा बाट रेल हिडेको आभास राती झिलिमिली बत्तीसंगै हिडेको देखिने गरेको बताउछन् । तर यति खेर श्रीनगर डाँडा उजाड भएको छ । गहना लुटिएको छ । डाँडाभरी फोहोरको डँगुर र पानीको अभावले बुटवल, गुल्मी, स्याङ्गाबाट बनभोज जानेहरु निरास भएर फर्कने साथै आईपुगिसकेकाहरुले पनि पानीको अभावले गर्दा ट्याङकर र खानेपानीको लागि पसलबाट मिनरल वाटर खरिद गरेर भएपनि बनभोजको व्यवस्थापन गरी फर्केको कैलासनगरवासीहरुकोे गुनासो रहेको छ । सोही कारण स्थानीय वासीहरुले नगरपालिकामा गुनासा गरे पछि कर्मचारीबाट सरसफाई गराई फोटो हालेको पाइयो । तर एक/दुई दिनको सफाईले हुँदैन दैनिकजसो सफाई र खानेपानीको भरपूर्ण अवस्था हुनुपर्दछ । यसरी संरक्षणको अभावमा रहेको श्रीनगरडांडा यतिखेर रोएको छ । बुटवलको मणीमुकुन्द पार्क, हेटौडाको शहिदपार्क सुर्खेतको बुलबुले ताल, गुल्मीको रेसुङ्गाडाँडालाई स्थानीय निकायले गरेको विकासलाई हेरेर पनि तानसेन नगरपालिकाले सीको गर्न सकेको छैन । श्रीनगर डाँडाको अव्यवस्थित ठाउँलाई विकासको लागि चासो देखाउनेहरुले धेरै पटक तानसेन नगरपालीकालाई गुनासो, सुझाव पनि दिएको हो तर सुनेर केही काम गर्‍यो या गरेन केही थाहा भएन, किन होला यस्तो यो पक्तिकारले बुझ्न सकेन ।

श्रीनगरडाँडा जान चारै तिरबाट बाटो छ , कैलासनगरबाट पिच रोड भएर चारपाङ्ग्रे गाडी, मोटर साइकल गुड्छन् भने बैसाख १ गते बनभोज खानजानेहरुको भिडले गर्दा ट्राफिक जाम भई प्रहरीलाई गुहार्न पर्छ । सो दिन घर परिवारले घरैबाट खाजा बोकेर जाने समूह मिलेर बनभोज आयोजना गर्ने र घुम्न आउनेहरु पसलमा किनेर खाने भएकाले खानेकुरा कोल्ड्रिन्स् , हाईड्रिन्स कोपसल थापेर राख्ने गरेका हुन्छन् । विक्री पनि राम्रै हुने गरेको थियो । हाल विश्व माहामारी कोभिड १९ र अव्यवस्थित भएको कारण यो रमाइलो हराएको जस्तो छ । देशमा लोकतन्त्र प्राप्ती पछी तीनतहको सासनव्यवस्था संघीय, प्रदेश र स्थानीय सरकारको व्यवस्था गरेको छ । प्रदेश सरकारको बजेटले श्रीनगर डाँडा सम्मजाने बाटो चौडा गर्ने नाली पार्किङ्ग गर्ने भनिए पनि सन्तोसजनक रुपमा देखीएन, नगरपालिकामा रहेको सरसफाई व्यवस्थापन समेतले नगर वा संघ संस्थाको समन्वयमा सरसफाई गर्ने घरमा भएको फोहोर पेटीमा राखिएको बाल्टीनको फोहोर हप्ताको एक पटक नगरपालिका आउने टिप्परमा राख्ने ढिलो भय समुदायले फोहोर पोल्ने काम गरेर भएपनि मन बुझाएका छन् । श्रीनगर डाँडा पनि कर्मचारी पठाएर फोहोर बटुल बाटुल गरेर पोल्ने, सरसफाई गर्ने पानीको व्यवस्था गर्ने सके, आम्दानीको स्रोत पनि राम्रै हुने थियो । नगरपालिकालाई आम्दानी पनि हुने, श्रीनगरडाँडा व्यवस्थित पनि हुने, यस बारेमा तानसेन नगरपालिकाले नगरमा रहेका सबै संघ संस्थासित समन्वय गर्ने दातृ निकायहरु सित पनि प्रयास गर्न सके केहि हदसम्म पुुरानै ढर्रा मा ल्याउन सकिन्छ । यसबारे सबैले सहयोग गरेर तानसेनको गहनालाइ फोटो झै सिर्गान प्रयास र पहल गरौ, आन्तरिक र बाह्यपर्यटकहरु तानसेन आउने वातावरण सम्बधित निकाय राजनीतीकहरुले नागरीक समाज, नगरवासीहरु संघ संस्थाको ध्यान जान जरुरी देखिन्छ । यदि श्रीनगरडाँडालाई व्यवस्थित गर्न सके तानसेन घुम्न आउने आन्तरिक तथा बाह्यपर्यटक हरुले गर्दा यहाँको व्यापार, व्यवसाय र होटल राम्रोसँग सञ्चाल नहुने पर्यटन र औद्योगिक विकासमा समेत टेवापुग्ने छ । त्यसैले यो डाँडालाई सिद्धबाबाको बाटोझै चुनावी नारा नबनाइयोस्, सधै हराभरा बनाइयोस् । सरसफाई वा खानेपानी व्यवस्था सुलभ ढंगले गरियोस् । तानसेन नगरपालिकाले गम्भिर ढंगले हेरियोस ।

डाँडामा पुग्ने जो कोहीलाई एक छिन प्रकृती छटा र हिमाल हेरेर रमाउन सकोस फर्केर फेरी आउने वातावरण बनोस् । सबैलाई श्रीनगर डांडा हेर्न जाउ जाउ लागोस् । अन्तमा श्रीनगर डाँडा सबैको हो, तानसेन वासीको हो, हाम्रो हो , तपाईको हो, त्यसैले सबैको ध्यानपुगोस् । सबैले तानसेनको गहनालाई बचाउन प्रयास र प्रयत्न गरौ, अझै केहि गर्न सकिन्छ जाँगौ, सोचौँ, बुझौँ र सम्पूर्णको सहयोग भए हराभरा प्रकृतिले भरिपूर्ण गरौ, आन्तरिक तथा बाह्य पर्यटनहरुको लागि श्रीनगरडाँडा आकर्षणको थलो बनोस् मेरो शुभकामना...!

प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  १२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update