Shittalpati
पाल्पा होटल तथा रेष्टुरेण्ट व्यवसायीको बैंठक

पाल्पा, जिल्लाका होटल तथा रेष्टुरेण्टहरुहरुको छाता संस्था पाल्पा होटल तथा रेष्टुरेण्ट व्यवसायी संघको बैंठक बसेको छ । संघको मंगलबार तानसेनमा बैंठक बसेको हो ।

संघका अध्यक्ष मोहन प्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले जेठमा पाल्पामा हुने नेपाल होटल व्यवसायी महासंघको केन्दीय साधारण सभाको तयारीका विषयमा छलफल गरेको छ । बैंठकले साधारणसभाको तयारीको लागि विभिन्न उपसमिति गठन गरी कार्य विभाजन समेत गरेको छ । मूल आयोजक समितिको संयोजकमा मोहन प्रसाद श्रेष्ठ, प्रचार–प्रसार समितिको संयोजकमा जीवलाल सुवेदी, प्रतिवेदन तथा ब्रोसर निर्माण संयोजकमा जयराम सापकोटा, अतिथि सत्कार तथा सांस्कृतिक संयोजकमा रञ्जना अर्याल, मञ्च व्यवस्थापन तथा व्यानर सह संयोजकमा लक्ष्मण बस्याल,खानेपानी व्यवस्थापन सह संयोजकमा मणिकान्त न्यौपाने, आर्थिक व्यवस्थापन सह संयोजकमा अशोक कुमार महर्जन, आवास व्यवस्थापन समिति संयोजकमा अशोक थापा, यातायात व्यवस्थापन सह संयोजकमा किरण चित्रकार, साउण्ड सिस्टम व्यवस्थापन संयोजकमा सुशील नेपाल र मायाको चिनो तथा प्रमाणपत्र व्यवस्थापनमा धिरेन्द्र प्रदानलाई जिम्मेवारी दिइएको संघका वरिष्ठ उपाध्यक्ष जीवलाल सुवेदीले बताए ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  १९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update