
पाल्पा,माथागढी गाउँपालिकाले वीपी कोइराला पत्रकारिता पुरस्कारबाट पत्रकार सहित कर्मचारीहरुलाई सम्मान गरेको छ । पालिकाको आठौं गाउँसभाको नीति तथा कार्यक्रमबाट जिल्लाका ४ जना क्रियाशिल पत्रकार र पालिकाका उत्कृष्ठ ४ जना कर्मचारीहरुलाई सम्मान गरेको हो ।
सम्मानित हुने पत्रकारहरुमा कान्तिपुर दैनिकका उप–सम्पादक माधव अर्याल, अन्नपूर्णपोष्ट दैनिकका पाल्पा संवाददाता कृष्ण पोखरेल, नवजनचेतना दैनिकका उप–सम्पादक रामचन्द्र रायमाझी र सामुदायिक रेडियो मदनपोखराका गजेन्द्र पन्थी रहेका छन् । यसैगरी कर्मचारीहरुमा प्रशासकिय अधिकृत नारायण प्रसाद न्यौपाने, पूर्व लेखापाल चुराबहादुर सरर्तुङ्के वडा नंं ४ का कार्यलय सहयोगी बालकृष्ण घर्ति मगर, ल्याव टेक्निसियन नारायण सारु रहेका छन् ।
सम्मानित पत्रकार तथा कर्मचारीहरुलाई गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापा, उपाध्यक्ष निर्मला भट्टराई, प्रमुख प्रशासकिय अधिकृत राजु नेपाल संयुक्त रुपमा नगद, दोषल्ला सहित सम्मानपत्रले सम्मान गरेका थिए ।
यसैगरी निजामती सेवा दिवसको अवसरमा आयोजित घैटो फोर प्रतियोगितामा प्रथम भिम बहादुर थापा, हाजिरी जवाफ प्रतियोगितामा प्रथम हुने टोलीबाट इश्वरी ज्ञवाली, धर्मेन्द्र कुमार यादव, सुर्यबहादुर भण्डारी, सिताकुमारी खाँचा, द्धितिय हुनेमा नितानन्द खनाल, किरण केसी, भिमबहादुर गाहा थापा, शम्भु जि.सी र तृतिय हुनेमा सन्तोष कार्की, पुनम चिदी,पशुपती पन्थी, यमबहादुर खरु रहेका छन् ।
सम्मान कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापाले पालिकालाई सम्वृद्ध बनाउन, पालिकामा भईरहेका गतिविधी स्थानीय जनता देखी राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा पु¥याउन, पालिकामा काम गर्दा भएका कमिकमजोरीहरुलाई आलोचनात्मक समाचार तथा सुझावले पत्रकारहरुले खेलेको भुमिकालाई स्मरण गर्दै विपी कोइराला पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको बताए । कर्मचारी अभावको समयमा पनि रात दिन नभनी काममा खटिएका उत्कृष्ट कर्मचारीहरुलाई समेत सम्मान गरिएको अध्यक्ष थापाले बताए । उपाध्यक्ष निर्मला भट्टराईले पत्रकारहरु राष्ट्रको चौथो अङ्ग भएकाले पालिकाले गरेका काम तथा गतिविधीहरु जनतामाझ पु¥याउन ठूलो भूमिका खेलेको पुरस्कारबाट सम्मान गरिएको बताईन । प्रमुख प्रशासकिय अधिकृत राजु नेपालले सम्मान कार्यक्रम कर्मचारी तथा पत्रकारहरुलाई थप जिम्मेवारी तथा हौसल्ला प्रदान गर्ने,यस पटक पुरस्कृत नभएका कर्मचारी तथा पत्रकारहरुले पनि अर्काे बर्षको पुरस्कार पाउने गरी उच्च मनोवलका साथ काम गर्ने बताए ।
कार्यक्रममा सम्मनित पत्रकारको तर्फबाट कृष्ण पोखरेल, प्रशासकिय अधिकृत नारायण न्यौपानेले गाउँपालिकाले गरेको सम्मान प्रति आभार व्यक्त गर्दै आगामी दिनमा माथागढीको समृद्धि र विकासमा सक्रिय भूमिका खेल्ने बताए । कार्यक्रम पालिकाका अध्यक्ष सन्तोष थापाको अध्यक्षता, स्वास्थ्य शाखा संयोजक केशव जि.सी. को सञ्चालनमा भएको थियो ।