Shittalpati
गुल्मीको कालीगण्डकीमा काँग्रेसले कार्यकर्तालाई प्रशिक्षित गर्दै

गुल्मी(पूर्तिघाट)
सुदुर गुल्मीको कालीगण्डकी गाउँपालिकाका सात वटै वडाका अगुवा कार्यकर्तालाई नेपाली काँग्रेसले प्रशिक्षित गरेको छ । नेपाली काँग्रेस कालीगण्डकी गाउँपालिकाको आयोजनामा भएको दुई दिने प्रशिक्षणमा सहभागी ७० जना अगुवा कार्यकर्ता तथा नेताहरुले, अब कालीगण्डकीमा संगठन मजबूत बनाउँन परीक्षण कोशे ढुंगा सावित भएको धारणा व्यक्त गरेका थिए ।
वैशाख ८ र ९ गते दुई दिनसम्म चलेको प्रशिक्षणका प्रमुख प्रशिक्षक पार्टीको नीति अनुसंधान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दहालले, पार्टी संगठनलाई चुस्त र दुरुस्त बनाउँनका लागि यस्ता खालका प्रशिक्षणले नयाँ उर्जा थप्ने बताउँदै विकास निर्माण र कार्यकर्ताको भावना अनुरुप काम गर्ने कार्यलाई स्थानीयतहका जनप्रतिनिधीको आफ्नो दायित्व निर्वाहमा समेत यस्ता प्रशिक्षणहरु फलदायी हुने बताए ।

 

नेपाली काँग्रेसका नेता तथा राष्ट्रिय योजना आयोगका पुर्वउपाध्यक्ष डा.गोविन्दराज पोखरेलले देश विकासका लागि स्थानीयतहबाट निर्माण हुने योजना र त्यसको प्रभावकारिता बारे स्थानीय उपभोक्तालाई जानकारी दिनुको साथै पार्टीको भावी नीति योजना र कार्यदीशाका विषयमा प्रत्येक अगुवा कार्यकर्तालाई प्रशिक्षित गर्नु आवश्यक भएको बताए ।
नेपाली काँग्रेसका नेता तथा महासमिति सदस्य नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका केन्द्रीय सदस्य छन्दबहादुर पहराईले प्रशिक्षण आफैमा ज्ञान र पार्टीका बिचार, नीति तथा कार्यक्रमलाई कार्यकर्ता बीच लग्ने एउटा पुल रहेको बताए । नेपाली काँग्रेसका आदवासी जनजाती नेता तथा नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका केन्द्रीय सदस्य डा. लालबहादुर पुनले, पार्टीको संगठन विस्तार र त्यसको प्रभावकारितालाई प्रशिक्षणले बल प्रदान गर्ने बताए ।
कालीगण्डकी गाउँपालिका अध्यक्ष तथा नेपाली काँग्रेसका युवा नेता, महासमिति सदस्य वेदवहादुर थापाले गाउँपालिकास्तरीय यो तालिमले यस क्षेत्रका अगुवा कार्यकर्ताहरुमा नयाँ उर्जा थपिएको बताउँदै ज्ञान र चेतनाको विकासका लागि यस्ता तालिमले संगठनमा लाग्नेहरुका लागि ताजगी थप्ने बताए ।
दुई दिने प्रशिक्षण कार्यक्रममा सहभागिहरु ७० जनाले तालिमले आफुहरुलाई संगठन विस्तारमा लाग्न नयाँ जिम्मेवारीका साथ चेतना र ज्ञानको नयाँ बाटो खुलेको धारणा व्यक्त गरेका छन् । कार्यक्रमको सम्पूर्ण सहजीकरण तथा व्यवस्थापनमा लागेका नेपाल विद्यार्थी संघका नेता ऋषि रानाले, यस्ता तालिमले विद्यार्थी, युवा तथा महिला र स्थानीय जनप्रतिनिधीहरुमा काफ्नो कार्यदक्षता प्रर्दशन गर्ने कार्यमा थप उर्जा मिल्ने हुँदा प्रत्येक वर्ष प्रशिक्षण कायोजना गर्नुपर्ने बताए । प्रजातान्त्रिक महासंघ लुम्बिीनी प्रदेशका महासचिव तुलसीराम पाण्डेले शैक्षिक तथा सामाजिक विकासका लागि प्रशिक्षण आवश्यक भएको बताए । कार्यक्रम नेपाली काँग्रेस कालीगण्डकीका सभापति निम श्रीसको सभापतित्वमा भएको हो । कार्यक्रममा काँग्रैसका जिल्ला सदस्य तथा महाधिवेशन प्रतिनिधी झविन्द्र विक, गोपाल श्रेष्ठ, टुकबहादुर नेपाली, मिना राना, नेपाली काँग्रेस क्षेत्र १ का उपसभापति तथा महाधिवेशन प्रतिनिधी जगदीश भट्टटराई, क्षेत्रीय सचिव सन्तोष गौतम लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १०, २०७८  ०८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update