Shittalpati
कोरोना विरूद्धको दोस्रो डोजको खोप लगाइयो

पाल्पा (माथागढी), जिल्लाको माथागढी गाउँपालिकामा पनि कोरोना विरुद्धको दोस्रो डोजको खोप लगाइएको छ । यसअघि माघ र फागुन महिनामा पहिलो डोजको कोरोनाविरूद्धको खोप लगाएका व्यक्तिहरूले दोस्रो डोजको खोप लगाएका हुन् । गाउँपालिकाले दुई स्थानमा खोप केन्द्र स्थापना गरी खोप लगाएको छ । गाउँपालिकाका स्वास्थ्य संयोजक केशव जिसीका अनुसार मंगलबार कसेनी स्वास्थ्य चौकी र बुधबार झडेवा स्वास्थ्यचौकीबाट खोप लगाइएको हो । दोस्रो डोजको खोप २ सय २१ जनाले लगाएका छन् । कसेनी स्वास्थ्यचौकीमा भएको खोप केन्द्रबाट ९८ जनाले खोप लगाएका छन् । जहाँ ५६ जना महिला र ४२ जना पुरुष रहेका छन् । त्यस्तै झडेवा स्वास्थ्यचौकीबाट १ सय २३ जनाले खोप लगाएको स्वास्थ्य संयोजक जिसीले बताए ।


उनका अनुसार ६१ जना महिला र ६२ जना पुरुषले कोरोनाविरुद्धको दोस्रो डोजको खोप लगाएका हुन् । जनप्रतिनिधि, कर्मचारी, पत्रकार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्वुलेन्स चालक, महिला स्वास्थ्य स्वयमसेवीका, बैँक तथा वित्तीय संघसंस्थाका कर्मचारीलगायतले खोप लगाएका हुन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख ९, २०७८  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update