Shittalpati
माथागढी सरकारलाई एम्वुलेन्स सहयोग

पाल्पा, जिल्लाको माथागढी सरकारलाई एम्वुलेन्स सहयोग प्राप्त भएको छ । पाल्पा सिमेन्ट ईन्डस्ट्रिज प्रालिले सामाजिक उत्तरदायित्व अन्तर्गत गाउँ सरकारलाई एम्वुलेन्स सहयोग गरेको हो ।

माथागढी ७ मा सिमेन्ट उद्योग सञ्चालन गर्दै आएको कम्पनीले त्यस क्षेत्रका प्रभावित सबै जनताहरुको पहुँचमा सर्वसुलभ स्वास्थ्य सेवा पुर्‍ याउने उद्देश्य एम्वुलेन्स सहयोग गरेको जनाएको छ । एक औपचारिक कार्यक्रमका बीच कम्पनीका जनसम्पर्क प्रबन्धक जीवन निरौलाले गाउँपालिका अध्यक्ष सन्तोष थापा, उपाध्यक्ष निर्मला भट्टराई, प्रमुख प्रशासकिय अधिकृत राजु नेपाललाई संयुक्त रुपमा उक्त एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका हुन् ।

चाबी हस्तान्तरण गर्दै प्रबन्धक निरौलाले कम्पनीको सामाजिक उत्तर दायित्व अन्तर्गत प्रभावित क्षेत्रका जनतालाई सेवा प्रदान गर्न एम्बुलेन्स सहयोग गरिएको बताए । उनले भने ‘जहाँ हाम्रो उपस्थिती रहन्छ त्यहाँ हाम्रो सहयोग रहन्छ, सिमेन्ट उद्योग सञ्चालनमा रहेका क्षेत्र बढी प्रभावित हुने भएकाले हामी उहाँहरुलाई अवस्था हेरी सहयोग गर्छौं ।’ चाबी ग्रहण गर्दै गाउँपालिका अध्यक्ष थापाले सहयोग आफैमा राम्रो भए पनि कम्पनीले आफ्नो कामलाई पारदर्शी र निष्पक्ष गराउनुपर्ने बताए । उनले उद्योग तथा खानी सञ्चालन क्षेत्रमा काम गर्दा स्थानीय सरकारसँग समन्वय गरेर मात्र गर्न कम्पनीलाई आग्रह गरेका छन् ।

 

प्रकाशित मिति: शुक्रबार, वैशाख १०, २०७८  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update