Shittalpati
मंगलबारदेखि बगनासकाली र माथागढीका विद्यालय बन्द गर्ने निर्णय
मंगलबारदेखि बगनासकाली र माथागढीका विद्यालय बन्द गर्ने निर्णय कोरोनाको संक्रमण बढ्दै गएपछि पाल्पाको बगनासकाली गाउँपालिका र माथागढी गाउँपालिकाका विद्यालयहरु भोली मंगलबारदेखि बन्द हुने भएका छन् ।
कोरोना कहर:  खुलेका विद्यालय फेरी बन्द गर्न थालियो
कोरोना कहर: खुलेका विद्यालय फेरी बन्द गर्न थालियो कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि खुलेका विद्यालय फेरि बन्द गर्न थालिएको छ । संक्रमण बढ्दै गएपछि बालबालिकालाई विद्यालयमा बोलाएर शिक्षण गर्ने कार्य जोखिमयुक्त हुन सक्ने भन्दै धमाधम विद्यालय बन्द गर्न थालिएको हो ।गुल्मी र रुपन्देहीमा कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएपछि विद्यालय केही समयका लागि बन्द गर्न लागिएको हो ।...
कोरोनाप्रति उच्च सतर्कता अपनाउन गाउँपालिकाको आग्रह
कोरोनाप्रति उच्च सतर्कता अपनाउन गाउँपालिकाको आग्रह पछिल्लो समय कोरोनाको जोखिम बढ्दै गएको भन्दै माथागढी गाउँपालिकाले उच्च सर्तकता अपनाउन आम नागरिकलाई आग्रह गरेको छ । गाउँपालिकाका भित्रका नागरिकहरुमा दिनहुँ संक्रमण दर बढ्दै गएपछि स्वास्थ्य शाखाले एक सूचना जारी गर्दै भीडभाड नगर्न, सामाजिक दुरी कायम गर्न आग्रह गरेको हो ।
बौद्धिक सम्पत्ति दिवसको सन्दर्भ
बौद्धिक सम्पत्ति दिवसको सन्दर्भ विश्व बौद्धिक सम्पत्ति संगठन अस्तित्वमा आएको दिनको सम्झनामा हरेक वर्षको अप्रिल २६ लाई विश्व बौद्धिक सम्पत्ति दिवसका रूपमा मनाइँदै आएको छ । यस वर्ष पनि विश्वभर विविध कार्यक्रमहरुको आयोजना गरी दिवस मनाउन लागिएको छ ।कानुनी रुपले आफ्ना कुनै सिर्जनात्मक क्रियाकलापका लागि सम्वद्ध व्यक्तिले राज्यबाट प्राप्त गरेका कानूनी एकाधिकारहरूलाई बौद्धिक सम्पत्ति...
सबै तहका परीक्षा स्थगित गर्न सीसीएमसीको सिफारिश
सबै तहका परीक्षा स्थगित गर्न सीसीएमसीको सिफारिश कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सोमबारदेखिका सबै परीक्षा स्थगित गर्न सिफारिश गरेको छ । आइतबार बसेको बैठकले सोमबारदेखि हुने सबै तहका परीक्षा स्थगित गर्न सिफारिश गरेको सीसीएमसी स्रोतले जानकारी दिएको छ ।
रुपन्देहीमा टिपरको ठक्करबाट दुई बालिकाको मृत्यु
रुपन्देहीमा टिपरको ठक्करबाट दुई बालिकाको मृत्यु रुपन्देहीमा टिपरले जन्ती बसलाई ठक्कर दिंदा दुईजना बालिकाको मृत्यु भएको छ । भैरहवाबाट बुटवल आउँदै गरेको लु १ ख ६०६४ नम्बरको टिपरले सोही दिशाबाट बुटवल आउँदै गरेको लु १ ख ९६८५ नम्बरको जन्ती बोकेको बसलाई रुपन्देहीको कोटिहवामा ठक्कर दिंदा दुई बालिकाको मृत्यु भएको हो ।
पाल्पामा आइतबार १५ जना नयाँ कोरोना संक्रमित थपिए
पाल्पामा आइतबार १५ जना नयाँ कोरोना संक्रमित थपिए जिल्लामा पछिल्लो २४ घण्टामा १५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा ६ जना महिला र ९ जना पुरुष गरी थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
गुल्मीको जयखानी क्षेत्र समेटिएको गीत बन्दै
गुल्मीको जयखानी क्षेत्र समेटिएको गीत बन्दै यस्तै धार्मिक सांस्कृतिक र यहाँको सिमित भूमिलाई समेटेर एउटा बिल्कुलै ऐतिहासिक गीत बन्ने भएको हो । जयखानीको समग्र परिचय दिने यो गीत केही समयपछि नै रेकर्डिङ हुने छ ।
तानसेनका युवालाई उद्यमशील बनाउन कम्प्यूटर मर्मत तालिम
तानसेनका युवालाई उद्यमशील बनाउन कम्प्यूटर मर्मत तालिम तानसेनका युवाहरुलाई उद्यमशील बनाउन कम्प्यूटर मर्मत सम्बन्धित तालिम दिइन थालिएको छ । तानसेन नगरपालिकाको आयोजनामा मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत युवाहरुलाई उद्यमसील सीप विकास गर्ने उद्देश्यले कम्प्यूटर मर्मत सम्बन्धी तालिम दिइन लागिएको हो । तालिमको शुक्रबार एक औपचारिक कार्यक्रमका बीच शुभारम्भ गरिएको छ ।
Weather Update