Shittalpati
कोरोनाप्रति उच्च सतर्कता अपनाउन गाउँपालिकाको आग्रह

पाल्पा, पछिल्लो समय कोरोनाको जोखिम बढ्दै गएको भन्दै माथागढी गाउँपालिकाले उच्च सर्तकता अपनाउन आम नागरिकलाई आग्रह गरेको छ । गाउँपालिकाका भित्रका नागरिकहरुमा दिनहुँ संक्रमण दर बढ्दै गएपछि स्वास्थ्य शाखाले एक सूचना जारी गर्दै भीडभाड नगर्न, सामाजिक दुरी कायम गर्न आग्रह गरेको हो ।

त्यसैगरी गाउँपालिकाले अनिवार्य रुपमा मास्क तथा स्यानिटाइजर प्रयोग गर्न , सामाजिक दुरी कायम गर्न, सिमा नाकाबाट आउनेलाई कडाइका साथ चेकजाँच गर्ने, स्वास्थ्य परिक्षण भए नभएको हेर्ने, भेला तथा जमघटमा अनिवार्य सामाजिक दुरी कायम गर्ने, सबै सार्वजनिक स्थल तथा कार्यालयहरुमा अनिवार्य हात धुने व्यवस्थापन गर्न समेत आग्रह गरिएको छ । भिडभाड हुने गतिविधि बन्द गर्न,अनावशयक रुपमा घर बाहिर नजान, जानै पर्ने भए जनस्वास्थ्यका मापदण्डहरुको पूर्ण पालना गर्न, भारत तथा तेस्रो मुलुकबाट आएका नागरिकहरुलाई कम्तिमा १० दिन सम्म सुरक्षित तरिकारले होम क्वारेन्टाइनमा बस्न, नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र डिसिसिएमसीले जारी गरेका निर्णय तथा स्वास्थ्य मापदण्डहरु पालना गर्न गाउँपालिका वासीमा सूचनामार्फत अनुरोध गरेको छ । स्वास्थ्य संयोजक केशवबहादुर जिसीद्वारा हस्ताक्षरित सूचनामा कोरोना महामारीले भयावह अवस्था सिर्जना गर्न सक्ने भएकाले आमनागरिक,राजनितिकर्मी, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, पेशाकर्मी, उद्योगी, व्यापारी, बुद्धिजीवी, समाजसेवीहरुमा सजग र सचेत रहन हार्दिक अनुरोध गरिएको छ । अहिले गाउँपालिकामा दिनहुँ कोरोना संक्रमित देखिन थालेका छ । गाउँपालिकामा अहिलेसम्म १ सय ३१ जनामा कोरोना संक्रमण देखिएको छ भने १ सय ३ जना निको भइसकेका छन् । यहाँ कोरोनाका कारण अहिले सम्म ४ जनाको मृत्यु भइसकेको छ । गाउँपालिकामा अहिलेसम्म २२ जना संक्रिय संक्रमित छन् भने ८३ जना समुदायस्तरका व्यक्तिहरु रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याड्ढमा छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १३, २०७८  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update