Shittalpati
पाल्पामा आइतबार १५ जना नयाँ कोरोना संक्रमित थपिए

पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा १५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा ६ जना महिला र ९ जना पुरुष गरी थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


४६ जनामा पिसिआर परीक्षण गरिएकोमा १५ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिका तथा आसपास क्षेत्रका अस्पतालमा ८ जना, माथागढी गाउँपालिकामा २ जना, रामपुर नगरपालिकामा १ जना, बगनासकाली गाउँपालिकामा १ जना, तिनाउ गाउँपालिकामा २ जना, रिब्दीकोट गाउँपालिकामा १ जनामा कोरोना संक्रमण देखिएको हो । यो सँगै जिल्लामा कोरोना संक्रमण हुनेहरुको कूल संख्या २ हजार १ सय ६० पुगेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । जसमा ६ सय २७ जना महिला र एक हजार ५ सय ३३ जना पुरुष रहेका छन् । हालसम्म माथागढी गाउँपालिकामा एक सय ३१ जना, रामपुर नगरपालिकामा २ सय ९२ जना, पूर्वखोला गाउँपालिकामा २ सय ७० जना, रैनादेवी छहरा गाउँपालिकामा एक सय ३३ जना, रम्भा गाउँपालिकामा ९७ जना, बगनासकाली गाउँपालिकामा एक सय ६४ जना, तिनाउ गाउँपालिकामा ८० जना, रिब्दीकोट गाउँपालिकामा ८५ जना, निस्दी गाउँपालिकामा एक सय १९ जना र तानसेन नगरपालिकामा ७ सय ८९ जनामा कोरोना संक्रमण देखिएको छ ।

जिल्लामा निको हुनेहरुको संख्या १ हजार ९ सय ६९ पुगेको छ । कोरोनाका कारण अहिलेसम्म ३९ जनाको मृत्यु भएको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या १ सय ५२ पुगेको छ । जिल्लामा अहिलेसम्म १ हजार २ सय ८६ जना समुदायस्तरका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । अहिलेसम्म जिल्लामा १ सय ४४ जना होम आइसोलेसनमा रहेका छन् भने ८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १२, २०७८  १६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update