Shittalpati
बौद्धिक सम्पत्ति दिवसको सन्दर्भ

विश्व बौद्धिक सम्पत्ति संगठन अस्तित्वमा आएको दिनको सम्झनामा हरेक वर्षको अप्रिल २६ लाई विश्व बौद्धिक सम्पत्ति दिवसका रूपमा मनाइँदै आएको छ । यस वर्ष पनि विश्वभर विविध कार्यक्रमहरुको आयोजना गरी दिवस मनाउन लागिएको छ ।कानुनी रुपले आफ्ना कुनै सिर्जनात्मक क्रियाकलापका लागि सम्वद्ध व्यक्तिले राज्यबाट प्राप्त गरेका कानूनी एकाधिकारहरूलाई बौद्धिक सम्पत्ति मानिन्छ । कानूनमा व्यक्तिको निजी अधिकार महत्वपूर्ण हुन्छ । पेटेन्ट, औद्योगिक डिजाइन, ट्रेडमार्क, प्रतिलिपि तथा प्रस्तोताका अधिकार, भौगोलिक संकेत वनस्पति प्रजाति संरक्षण, व्यावसायिक गोपनीयता संरक्षण आदि जुनसुकै रूपमा स्थापित अधिकार भए पनि त्यसलाई बौद्धिक सम्पत्ति नै भनिन्छ । आजकल बौद्धिक चोरीसमेत बढिरहेको सन्दर्भमा यो दिवस निकै फलदायी हुने देखिन्छ । दिमागको सिर्जनामा सर्जकको मौलिकता र व्यवसाहिकता दुबै हुन्छ र त्यसको संरक्षणको सस्थागत अभ्यास नै आजको दिनमा चर्चा गरिन्छ । अहिले डिजीटल यूगमा त झन विचार अनि बौद्धिकताको विश्वव्यापी एकै धारमा बाढि झैं आएको छ । यस बौद्धिक अधिकारको संरक्षण विना त सर्जकको सिर्जनाको मुल्य नै रहन सक्ने अवस्था छैन् । अहिले बजारमा निस्किएका गीतहरु देखि कपी पेस्ट गर्ने बिचार अनि भनाइहरु ति सर्जकका सम्पती हुन या हैनन् ? यदि हो भने के ती कुराहरु ति सर्जकका सम्पतीको उत्पादकत्व के ? आदि सोचनीय कुरा भएका छन् ।

बौद्धिक सम्पत्ति स्वभावैले चोरीे सम्भाव्य हुन्छ । तत्कालै नियन्त्रण नगरेमा क्षतिपूर्तिले थाम्नै नसक्ने गरी वादी पक्षको अपूरणीय क्षति हुनसक्छ । बौद्धिक सम्पत्ति अधिकार निजी प्रकृतिको अधिकार भएकाले कसैले यसको उल्लंघन गरेमा प्रमाण जुटाउने दायित्व धनीको हुन्छ । अधिकार उल्लंघनका घटनाहरू बरोबर नदोहोरीयोस् भनेर दण्डजरीवानाका निर्धारित उपाय अवलम्बन गरी अधिकार प्रचलन गराउनुपर्ने हुन्छ । अधिकार प्रचलन गराउने कार्यविधि मनासिव र न्यायोचित हुनुपर्छ । जटिल र खर्चिलो हुनु हुँदैन । यसर्थ दिवसको यो सन्दर्भमा कथाकारले कथा लेखेरै खान पाउन्, उनका कथा अनि चरित्रहरु नचोरिउन् । कविले कवितामै जीवन पाउन अनि उनका कवितामा उनैको मात्र अधिकार रहोस् अनि हरेक सर्जकले आ–आफ्नो सिर्जनाको मुल्य पाउन् । सर्जक र सिर्जना दुबैको सम्मान होस् । व्यापार, समाज अनि प्रविधी सर्वज्ञ बौद्धिक सम्पतीको रक्षा हुने वातावरण रहोस् सबैमा शुभकामना ।

प्रकाशित मिति: सोमबार, वैशाख १३, २०७८  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update