Shittalpati
पाल्पामा १३ जना नयाँ संक्रमित थपिए

पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा १३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेनका ७ जना सहित थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

८ जना पुरुष र ५ जना महिला गरी १३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । ४३ जनाको पिसिआर परीक्षण गरिएकोमा १३ जनामा संक्रमण देखिएको हो । कोरोना पुष्टि हुनेहरुमा तानसेन नगरपालिका तथा अस्पतालका ७ जना, रामपुर नगरपालिकाका १ जना, रैनादेवी छहरा गाउँपालिकाका ३, बगनासकाली गाउँपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा कोरोना संक्रमितको कूल संख्या २ हजार १ सय ४२ पुगेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । जसमा ६ सय १९ जना महिला र एक हजार ५ सय २३ जना पुरुष रहेका छन् ।

जिल्लामा निको हुनेहरुको संख्या १ हजार ९ सय ६९ पुगेको छ । कोरोनाका कारण अहिलेसम्म ३८ जनाको मृत्यु भएको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या १ सय ३५ पुगेको छ । जिल्लामा अहिलेसम्म १ हजार २ सय ७१ जना समुदायस्तरका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । अहिलेसम्म जिल्लामा १ सय २५ जना होम आइसोलेसनमा रहेका छन् भने १० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १०, २०७८  १९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update