.jpg)
गुल्मी, जिल्लाको रेसुङ्गा नगरपालिका ५, ६, ७ को संगमस्थल उनाएचौरमा पुरातत्व शैलीको मन्दिर निर्माण गरिएको छ । पछिल्लो समय पर्यटकीय क्षेत्रको रुपमा परिचित बनेको उनाएचौरलाई थप पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नका लागि पुरातत्व शैलीको मन्दिर निर्माण गरिएको हो ।
पुरातत्व शैलीमा निर्माण गरिएको खड्ग भगवती मन्दिर हेर्न अन्तरिक तथा बाह्य पर्यटकहरुको अपेक्षा बताइएको छ । यहाँ विभिन्न ऐतिहासिक संरचनाको निर्माण गरिएको छ ।
मन्दिरको एक कार्यक्रमका बीच रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले उद्घाटन गरेका हुन् । मन्दिरको उद्घाटन गर्दै नगरप्रमुख भुसालले नगर भित्र उत्कृष्ट पर्यटकीय गनतव्य बनाउने उद्देश्यले आकर्षक मन्दिर निर्माण गरिएको बताए । उनाएचौरमा अरु धेरै पर्यटकीय संरचना बनाइने नगरप्रमुख भुसालको भनाई छ । मन्दिर निर्माणसँगै यहाँ खेलकुद मैदान, टिू(हाउस लगायतका अन्य संरचना बनेका छन् । नगर भित्रका रेसुा अर्जुन र उनाएचौरलाई जोडेर पर्यटकीय गन्तव्य बनाउन नगर सरकार लागी परेको भुसालले बताए । पुरानो ऐतिहासिक मन्दिर रहेको स्थानमा जिर्ण बन्दै गएपछि नयाँ मन्दिर निर्माण गरिएको रेसुङ्गा नगरपालिका ७ का वडाअध्यक्ष मोहनप्रसाद पाण्डेले बताए । उनाएचौरको धार्मिक, साँस्कृतिक, ऐतिहासिक महत्व लाई जनमानसमा ल्याउनु पर्नेमा रेसुङ्गा नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत भक्तिराम मरासिनीले जोड दिए । यस क्षेत्रको महत्वलाई सबै माझ लैजान सके यहाँ निर्माण गरिएका संरचनाको उपलब्धी हुने मरासिनीले भनाई छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको १ सय कार्यक्रम अन्र्तगत रु ४७ लाख र मन्दिर व्यवस्थापन समितिको ११ लाख गरी ५८ लाखको लागतमा मन्दिर निर्माण गरिएको हो । मन्दिरसँगै निर्माण भएको स्थानमा खेलकुद मैदान, ट्रि–हाउस लगायतका संरचना निर्माण भएसँगै यसक्षेत्रमा अन्तिर तथा बाह्य पर्यटक आउने गरेका छन् ।