माइक्रोबस दुर्घटनामा सहचालकको मृत्यु, सात जना घाइते
बिहीबार, असार ३२, २०८३
आत्मदाह प्रयास गरेका अर्का व्यक्तिको पनि निधन
शनिबार, असार २७, २०८३
काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाह प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको निधन भएको प्रहरीले जनाएको छ । आत्मदाह प्रयासपछि वीर अस्पतालमा उपचाररत उनको शनिबार अपरान्ह मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।
पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र
शनिबार, असार २७, २०८३
पहिरोले राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ । बुर्तिबाङ–ढोरपाटन सडकखण्डअन्तर्गत ढोरपाटन नगरपालिका– ९ फल्लेघरमा शनिबार बिहान सडक माथिदेखि झरेको पहिरोले सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।
आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन
शनिबार, असार २७, २०८३
काठमाडौंस्थित राहदानी विभाग परिसरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु भएको छ । आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको शुक्रबार उपचारकै क्रममा वीर अस्पतालमा निधन भएको अस्पतालले जनाएको छ ।
आत्मदाह प्रयास गरेका गणेशको निधन
शुक्रबार, असार २६, २०८३
काठमाडौंस्थित राहदानी विभाग परिसरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु भएको छ । आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको शुक्रबार उपचारकै क्रममा वीर अस्पतालमा निधन भएको प्रहरी स्रोतले जनाएको छ ।
बेलहिया नाकाको पार्किङ तथा ट्राफिक व्यवस्थापन गरिने
मंगलबार, असार २३, २०८३
अन्तरराष्ट्रिय सीमानाका बेलहियाको ट्राफिक व्यवस्थापन, यात्रु तथा पर्यटकको आवागमन, सामान ओसारपसारसहित सुरक्षा प्रबन्ध सुनिश्चित गर्न पहल भएको छ ।
छुट्टाछुट्टै घटनामा आठ जनाको मृत्यु
मंगलबार, असार २३, २०८३
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा परी आठ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सवारी दुर्घटनामा परी तीन जना, डुवेर एक जना, करेन्ट लागेर एक जना, मृत अवस्थामा तीन जना रहेका छन् ।
गुल्मी जिप दुर्घटनामा एकको मृत्युु
मंगलबार, असार २३, २०८३
गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ । आइतबार राति साढे २ बजे रेसुंगाबाट तम्घास आउँदै गरेको लु १ ज १५२८ नम्बरको जिप दुर्घटना हुँदा तम्घासका १६ वर्षीय सुदीप नेपालीको मृत्युु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु
शुक्रबार, जेठ २९, २०८३
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुचाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको छ । बनेपादेखि रोशी गाउँपालिकातर्फ जाँदै गरेको बा २ ख ८३९८ नम्बरको यात्रुवाहक बस बुचाकोटमा दिउँसो करिब २ः१५ बजे सडकबाट दुई सय मिटर तल खसेको थियो ।
रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु
बिहीबार, जेठ २८, २०८३
रोल्पामा आज बिहान मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
मंगलबार, जेठ २६, २०८३
दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किएर एक जनाको मृत्यु भएको छ ।
टिप्परको ठक्करबाट बाबुछोराको मृत्यु
सोमबार, जेठ १८, २०८३
यहाँको तुलसीपुरमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएकबे छ । मृत्यु हुनेमा लमही नगरपालिका–५ निवासी ३५ वर्षीय मनोज नेपाली र उनका पाँच वर्षीय छोरा मीनराज नेपाली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक होमराज पराजुलीले जानकारी दिए ।
अछाममा जिप दुर्घटना, दुईको मृत्यु, तीन घाइते
शनिबार, जेठ १६, २०८३
अछामको पञ्चदेवल बिनायक नगरपालिका–४ थापामोड स्थित मध्यपहाडी राजमार्गमा गए राति जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु र तीन जना घाइते भएका छन् । दार्चुलादेखि जुम्ला जाँदैगरेको, सत्लोक आश्रम, जनकपुरको बाप्र ०१–०२७ च २२७७ नम्बरको जिप सडकबाट करिब २०० मिटर तल खसेको थियो ।


