पाँच करोडको लागतमा पक्की पुल
सोमबार, फागुन १९, २०८१

रोकिएन दुखद् घटनाको शृंखला
सोमबार, फागुन १९, २०८१
नेपालमा दिनहुँ जसो दुखद् घटना हुने गरिहेका छन् । सवारी साधन दुर्घटना होस् वा प्राकृतिक प्रकोप, बेवारिसे अवस्थामै किन नहोस् हरेक दिन दुखद् घटनाहरु घटिरहेका हुन्छन् । प्रहरी प्रधान कार्यालयबाट सार्वजनिक गरिने बुलेटीनमा दिनहुँ दुखद् घटनाबाट मानिसले अकालमै ज्यान गुमाएको पाइन्छ ।

‘इको भ्यान’ दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते
बुधबार, फागुन १४, २०८१
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को गुइठेभिरमा ‘इको भ्यान’ दुर्घटना हुँदा एक जनाको मृत्यु र तीन जना घाइते भएका छन् । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ को सुकेबगरबाट नारच्याङतर्फ जाँदै गरेको बा६च ४९४४ नम्बरको इकोभ्यान आज सडकबाट कालीगण्डकी नदीको किनारमा खसेको सीमा प्रहरी चौकी भुरुङ तातोपानीले जनाएको छ ।

घोराही–तुलसीपुर चार लेन सडक निर्माणका लागि बोलपत्र आह्वान
सोमबार, फागुन १२, २०८१
दाङको घोराही–तुलसीपुर जोड्ने चार लेनको सडक निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । भारतीय एक्जिम बैंकको ऋण लगानीमा निर्माण हुने उक्त सडकको ठेक्का छ वर्षअघि भारतीय कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टले पाएको थियो । तर उक्त कम्पनीले अन्य नेपाली ठेकेदार कम्पनीलाई जिम्मा लगाएपछि सडक निर्माणले गति लिन सकेको थिएन...

सानो जहाज बिग्रिएपछि रेसुङ्गा विमानस्थलमा उडान बन्द
आइतबार, फागुन ११, २०८१
रेसुङ्गा विमानस्थलमा यही फागुन महिनाभर उडान नहुने भएको छ । विमानस्थलमा नेपाल एयरलाइन्सको सानो जहाज ले उडान भर्दै आएको थियो ।

गुल्मीमा डोजरले फालेको ढुंगा लागेर एक विद्यार्थीको मृत्यु
आइतबार, फागुन ४, २०८१
गुल्मीमा डोजरले फालेको ढुंगाले लागेर एक विद्यार्थीको मृत्यु भएको छ । जिल्लाको इश्मा गाउँपालिका–२ छल्दीटारामा जेसीबीले बाटो खन्ने क्रममा खसालेको ढुंगाले लागेर स्कूल जाँदै गरेकी ८ वर्षीया विष्णु कुमालको मृत्यु भएको हो ।

आगोमा जलेर एक वृद्धको मृत्यु
बुधबार, माघ ३०, २०८१
जिल्लामा आगोमा जलेर एक वृद्धको मृत्युु भएको छ । धुर्कोट गाउँपालिका–७ वाग्लामा आगो ताप्ने क्रममा जलेर ८० वर्षीय इन्द्रलाल गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

छुट्टाछुट्टै सवारी दुर्घटना : ९ जनाको मृत्यु, एक पैदलयात्रुले पनि ज्यान गुमाए
मंगलबार, माघ २९, २०८१
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी नौ जनाको अकालमै ज्यान गएको छ । मृत्यु हुनेमा एक जना पैदलयात्रु पनि रहेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार स्याङ्जा, दैलेख, ललितपुर, कञ्चनपुर,सुर्खेत, महोत्तरी, चितवन, पाँचथर लगायत जिल्लामा सवारी दुर्घटनाबाट उनीहरुले ज्यान गुमाएका हुन् ।

प्रणय दिवसमा एयरलाइन्सको छुट
सोमबार, माघ २८, २०८१
निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयर र यती एयरलाइन्सले ‘भ्यालेन्टाइन’ अर्थात् प्रणय दिवसका अवसरमा विभिन्न ‘अफर’ सार्वजनिक गरेका छन् ।

ट्रकसँग ठोक्किएर मोटरसाइकलमा सवार बालकको मृत्यु
सोमबार, माघ २८, २०८१
स्याङ्जाको वालिङ नगरपालिका–८ डुम्रीकोटस्थित सिदार्थ राजमार्गमा ट्रकसँग मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक बालकको मृत्यु भएको छ । आइतबार राति साढे ८ बजेतिर वालिङ मोडबाट भकुण्डेतर्फ आउँदै गरेको ग १ ख ९४७२ नम्बरको ट्रकलाई सोही दिशाबाट आउँदै गरेको लु ६९ प ८०६७ नम्बरको मोटरसाइकल ओभरटेक गर्ने क्रममा ट्रकको बीचमा...

रिडी–बल्कोट सडक एक महिना बन्द
आइतबार, माघ २७, २०८१
मदन भण्डारी राजमार्ग सडकअन्तर्गत पर्ने गुल्मीको रिडी–बल्कोट सडक एक महिनाका लागि बन्द भएको छ । उक्त सडकखण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिका–१ साँखराभिर क्षेत्रमा चट्टान फोरेर सडक चौडा बनाउने काम सुरु भएपछि उक्त सडकमा यातायात सञ्चालन बन्द गरिएकोे हो ।

माथागढीमा टिपर दुर्घटना : चालकको मृत्यु
बुधबार, माघ २३, २०८१
जिल्लाको माथागढी गाउँपालिका–५ सुर्कावासमा टिपर दुर्घटना भएको छ । माथागढी– ६ रहवासदेखि ढुङ्खा लिएर खैरेनीतर्फ जाँदै गरेको लु २ ख ५९६५ नम्बरको टिपर बुधबार दिउँसो दुर्घटना भएको हो ।