Shittalpati
स्याङ्जामा साधु मृत फेला

स्याङ्जा, स्याङ्जामा करिब २५ वर्षदेखि मन्दिरमा साधुको रूपमा बस्दै आएका एक भारतीय नागरिक मृत फेला परेका छन् । भारतको तमिलनाडु प्रदेश, कोयम्बटुर जिल्लास्थित गुलुमलाइ घर भएका अन्दाजी ५५ वर्षीय कुमार स्वामी (पातली) मृत  फेला परेका हुन् ।

वालिङ नगरपालिका–१, खत्रीखोलास्थित कृष्णप्रसाद ढकालको घरमा सुतिरहेको अवस्थामा आइतबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । उनी विगत २५ वर्षदेखि भिरकोट नगरपालिका–४ स्थित छाङछाङदी मन्दिरमा साधुको रूपमा बस्दै आएका थिए ।

बिहान करिब ७ः३० बजे मृत फेला परेपछि वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले घटनास्थलको मुचुल्कालगायत आवश्यक प्रक्रिया पूरा गरी शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा पठाएको जनाएको छ । प्रारम्भिक जानकारीअनुसार मृतकले अत्यधिक मादक पदार्थ (रक्सी) सेवन गर्ने गरेको बुझिएको प्रहरीले जनाएको छ । मृतकका आफन्तलाई घटनाबारे जानकारी गराउने प्रक्रिया भइरहेको र घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २९, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update