मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते
शुक्रबार, साउन २, २०८२
छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
मंगलबार, असार ३१, २०८२
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रूपन्देही, नवलपरासी पूर्व र दाङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको हो ।
सिद्धबाबा सुरुङमार्गः भौतिक प्रगति ५७ प्रतिशत
मंगलबार, असार ३१, २०८२
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम अहिले तीव्र गतिमा भइरहेको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएपछि कामले गति लिएको हो ।
दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु
मंगलबार, असार ३१, २०८२
दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ । बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर तुलसीपुरका दुई किशोरको मृत्यु भएको छ । बबई गाउँपालिका–४ पुरन्धारा छहरा नजिकै नदीमा पौडी खेल्ने क्रममा उनीहरूको डुबेर मृत्यु भएको हो ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
सोमबार, असार ३०, २०८२
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार धनुषा र बर्दियामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको हो ।
कालीगण्डकी करिडोर अवरुद्ध
शुक्रबार, असार २७, २०८२
कालीगण्डकी गाउँपालिका–६ खड्गकोटस्थित बरल्वामा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ ।
पहिरोले अवरुद्ध पाल्पा–बुटवल सडक सञ्चालनमा, जोखिम कायमै
बुधबार, असार २५, २०८२
पहिरोका कारण अवरुद्ध पाल्पा–बुटवल सडक सञ्चालनमा आएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गतको पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान हेडबक्स नजिकै बिहान २ बजेतिर पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।
दाउन्नेमा पहिराले नारायणघाट बुटवल सडक अवरुद्ध
बुधबार, असार २५, २०८२
पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवलखण्डको दाउन्नेमा पहिरोले सडक बगाउँदा राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । गए रातिदेखि परेको वर्षाका कारण दाउन्ने नजिक बर्दघाट–४ खुर्सानी खोलामा आएको पहिरोले सडकको केही भाग बगाउँदा आज बिहानबाट राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
सिद्धार्थ राजमार्गका ठाउँ ठाउँमा पहिरो : सडक अवरुद्ध, उच्च सतर्कता अपनाउन आग्रह
बुधबार, असार २५, २०८२
सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पा–बुटवल सडकखण्ड गएराति परेको अविरल वर्षाका कारण आज बिहानैदेखि अवरुद्ध भएको छ । यस सडकखण्डअन्तर्गतका विभिन्न ठाउँहरुमा पहिरो खसेका कारण सडक अवरुद्ध बनेको हो ।
सिद्धबाबाको पहिरोमा परी घाइते भएका मोटरसाइकल चालकको मृत्यु (अपडेट)
मंगलबार, असार २४, २०८२
सिद्धबाबा सडक खण्ड अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका– ३ हेडवक्स नजिकै माथिबाट खसेको पहिरोमा परी घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ ।
सिद्धबाबाको पहिरोमा परी मोटरसाइकलमा सवार दुई जना घाइते
मंगलबार, असार २४, २०८२
सिद्धबाबा सडक खण्ड अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका– ३ हेडवक्स नजिकै माथिबाट खसेको पहिरोमा परी मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् ।
नारायणगढ–बुटवल सडकः तेस्रो पटकको म्याद सकिन लाग्दा प्रगति ६९ प्रतिशत मात्र
बुधबार, असार १८, २०८२
(नवलपरासी), नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६९ प्रतिशत पुगेको छ । तेस्रो पटक थपिएको म्याद सकिनै लाग्दा निर्माणको भौतिक प्रगति ६९ प्रतिशत पुगेको नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले बताए ।
बुटवल नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध
आइतबार, असार १५, २०८२
(नवलपरासी), बुटवल नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी बर्दघाट सुस्तापूर्वको दुम्कीवास क्षेत्रको वैकल्पिक मार्गमा पर्ने खोलामा बाढी आएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।


