Shittalpati
पूर्वनगरप्रमुख सिंह मृत फेला

कपिलवस्तु, कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह मृत अवस्थामा भेटिएका छन् । तीन दिनदेखि सम्पर्कविहीन रहेका सिंहको शव कपिलवस्तुको गोरुसिङ्गे जंगल क्षेत्रमा फेला परेको हो ।

शुक्रबार साँझ साढे ५ बजेदेखि  उनी सम्पर्कविहीन भएका थिए । उनी हराएको स्थानदेखि ६÷७ सय मिटर उत्तरतिर शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दीपक कुँवरले बताए । स्थानीयले खोजी गर्ने क्रममा आइतबार १२ बजेतिर शव फेला पारेका थिए ।

शुक्रबार साँझबाटै उनको खोजी भइरहेको थियो ।  उनको खोजीका लागि नेपाल प्रहरीले विशेष तालिमप्राप्त कुकुर परिचालन गर्नुका साथै ड्रोनबाट समेत खोजी गरेको थियो । अन्ततः सिंहको शव सोही जंगल क्षेत्रभित्र फेला परेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको कपिलवस्तु प्रहरीले जनाएको छ । कपिलवस्तु नगरपालिका वडा नं ३, ढेवानगढिया निवासी ६५ वर्षे सिंह २०७४ मा कांग्रेसबाट नगर प्रमुख पदमा विजयी भएका थिए । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति: आइतबार, साउन २४, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update