रुद्रवेणी–वामीटक्सार सडक अवरुद्ध हुने
सोमबार, माघ २६, २०८२
बैतडी बस दुर्घटनाः मृतकको सङ्ख्या १३ पुग्यो
शुक्रबार, माघ २३, २०८२
जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । आठ जनाको घटनास्थलमा र अन्य पाँच जनाको डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो ।
टिकटक भाइरल हुने रिडीको तीन मुखेपुल हाम्रो पहलमा बनेको हो: डा. भण्डारी
शुक्रबार, माघ १६, २०८२
नेपाली काँग्रेसका प्रभावशाली नेता एवं गुल्मी निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा. चन्द्र भण्डारीले गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रिडीमा निर्माण भएको तीन मुखेपुल आफ्नो पहल निर्माण भएको बताएका छन्।
गुल्मीमा बाबुले गरे आफ्नै शिशुको हत्या
बिहीबार, माघ १५, २०८२
गुल्मीमा आफ्नै बाबुद्वारा तीन महिने शिशुको हत्या भएको छ । इस्मा गाउँपालिका–३ छल्दीटारका ४६ वर्षीय सन्तबहादुर कुमालले आफ्नो तीन महिने शिशु सुवास कुमालको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाबुलाई प्रहरीले विहीबार पक्राउ गरेको छ ।
विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु
सोमबार, माघ १२, २०८२
नवलपरासी(बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु भएको छ ।
मलामी बोकेको जिप दुर्घटनामा एकको मृत्यु
बुधबार, माघ ७, २०८२
पाल्पाबाट मलामी बोकेर रिडी जाँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जोर्ते टिपर दुर्घटना अपडेट : ठेगाना खुल्यो, मृत्यु हुनेमा चालक
बुधबार, पुस ३०, २०८२
जिल्लाको रिब्दीकोट गाउँपालिका –२ जोर्तेमा भएको टिपर दुर्घटनामा मृत्यु हुनेको विवरण खुलेको छ । मृत्यु हुनेमा चालक धादिङको थार्के गाउँपालिका–३ का ३१ वर्षीय केशव परियार रहेको प्रहरी चौकी अर्गेलीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको हो ।
जोर्तेमा टिपर दुर्घटना : एकको मृत्यु
बुधबार, पुस ३०, २०८२
जिल्लाको रिब्दीकोट गाउँपालिका –२ जोर्तेमा टिपर दुर्घटना भएको छ । आज विहान नवरलपरासीको पाल्पा सिमेन्ट उद्योगबाट सिमेन्ट लिएर गुल्मीको मालिका गाउँपालिका जाँदै गरेको ना ८ ख ३६५ नम्वरको टिपर दुर्घटना भएको हो ।
बैतडीमा जिप दुर्घटना : मृतकको संख्या चार पुग्यो
सोमबार, पुस २८, २०८२
जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ साडीघाटीमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । डडेल्धुरा अस्पतालमा उपचारको क्रममा घाइते सिगास गाउँपालिका १ स्थित २७ वर्षीय बसन्ती ऐरको मृत्यु भएसँगै मृतकको संख्या चार पुगेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरजसिंहले जानकारी दिए ।
रामपुरमा मोटरसाइकल ठोक्किदा एकको मृत्यु, दुई घाइते
शनिबार, पुस २६, २०८२
जिल्लाको रामपुर नगरपालिका–८ कुमराङ्गमा दुईवटा मोटरसाइकल आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । आज साँझा रामपुरबाट भुजाततर्फ जाँदै गरेको लु २० प ५८९७ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको लु ६८ प ८८०० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो ।
जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते
शुक्रबार, पुस ११, २०८२
भूमिकास्थान नगरपालिकामा स्थानीय जनजागृति माध्यमिक विद्यालयका विद्यार्थी सवार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन् ।
सिद्धबाबा सुरुङमार्ग : ६५ प्रतिशत काम सकियो
बिहीबार, पुस १०, २०८२
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निर्माणधिन सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत मात्रै सकिएको छ । अहिलेसम्म १५१, १६१ र १३० मिटर लम्बाइ भएका तीन वटा पाइपास सुरुङको निर्माण कार्य सकिएको सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयले जनाएको छ । सुरुङमार्गसम्म पुग्ने पहुँच सडक, भीर संरक्षण कार्य, रिटेनिङवाललगायतका संरचना निर्माणाधिन छन् । सुरुङभित्रको...


