Shittalpati
भोटेकोशी बाढी : मृतकको संख्या एक हजार ४ सय ५१ पुग्यो

पाल्पा, रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार साँझ ५ बजेसम्म  मृत्यु हुनेको संख्या १ हजार ४ सय ५१ पुगेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार फेला परेका शवमध्ये रसुवामा २ सय ३६, नुवाकोटमा २ सय ३, धादिङमा ७२, चितवनमा ३ सय ६७, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय ३२ र नवलपरासी पश्चिममा २ सय २२ जना रहेका छन् । यस्तै, काठमाडौंमा उपचारका क्रममा थप २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । फेला परेका शवको पहिचानका लागि डीएनए नमुना संकलन तथा आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार २ सय ९२ शव सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ९ सय ९७ गरी कुल ३ हजार २ सय ८३ वटा डीएनए नमुना संकलन गरिएको छ । पहिचान हुन बाँकी १ हजार ३ सय ६२ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत सार्वजनिक गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कामका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ । प्रहरीका अनुसार अझै ४ हजार ६ सय ५५ जना बेपत्ता छन् । उनीहरूको खोजी कार्य जारी रहेको छ । साथै, विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा १ हजार ३ सय ७२ जना व्यक्तिलाई राखिएको छ । बेपत्ताको खोजी, शव पहिचान तथा व्यवस्थापन र प्रभावित नागरिकको उद्धार तथा राहत कार्यलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असोज ५, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update