बाढीमा मृत्यु हुनेको संख्या एक हजार ४ सय ५४ पुग्यो
बुधबार, असोज १४, २०८३
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा आठ जनाको मृत्यु
मंगलबार, असोज १३, २०८३
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा परी आठ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार तीन जनाको सवारी दुर्घटना र पाँच जना मृत अवस्थामा फेला परेका हुन् ।
पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध, ठूला सवारीसाधन अलपत्र
मंगलबार, असोज १३, २०८३
सिद्धार्थ राजमार्गअन्तर्गत बर्तुङ्ग–राम्दी सडकखण्डको माथागढी गाउँपालिका–१, चिदिपानीको धेरैनीमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको छ ।
बाढी पहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध
मंगलबार, असोज १३, २०८३
एक सातादेखिको अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण गुल्मीका मुख्य तथा ग्रामीण सडक अवरुद्ध भएका छन् । जिल्लाको तेस्रो मुख्य सडकको रुपमा रहेको कालीगण्डकी करिडोर सडकअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्सेमा ठूलो पहिरो खसेपछि पाँच दिनदेखि यातायात सञ्चालन हुन सकेको छैन ।
खोलाले बगाएर गुल्मीमा एक महिला बेपत्ता
सोमबार, असोज १२, २०८३
गुल्मीमा खोलाले बगाएर एक महिला बेपत्ता भएकी छन् । रेसुङ्गा नगरपालिका–१४ पराल्मीकी तुलसी सूर्यवंशीलाई आइतबार बिहान करिब ११ बजे छल्दीपनाहा खोलाले बगाएको हो ।
पाल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या पाँच पुग्यो
आइतबार, असोज ११, २०८३
पाल्पामा पहिरोमा परी ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । माथागढी गाउँपालिका–३, कसेनी भैसीकट्टामा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन जनाको शव फेला परेसँगै मृतकको संख्या पाँच पुगेको हो ।
पाल्पामा पहिरोको वितण्ड : दुई जनाको मृत्यु , तीन जना वेपत्ता
आइतबार, असोज ११, २०८३
तीन दिनदेखि जारी अविरल वर्षाका कारण पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी माथागढी गाउँपालिका–२, रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका–६, ठिमुरे धुस्तुङस्थितकी ५९ वर्षीया कृष्णकुमारी सारुको मृत्यु भएको जिल्लाप्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी भिमलाल भट्टराईले बताए ।
पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता
शुक्रबार, असोज ९, २०८३
अविरल वर्षासँगै आएको पहिरोले पाल्पामा ठूलो क्षति पुर्याएको छ । जिल्लाका विभिन्न ठाउँमा गएको पहिरोले घरहरु भत्काउनुको साथै सडकहरु अवरुद्ध छन् भने एक जना बेपत्ता छन् । यहाँको रिब्दीकोट गाउँपालिका–६, धुस्तुङस्थित गोलफानमा शुक्रबार दिउँसो गएको पहिरोले दुई वटा घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् ।
पहिरोले रिब्दीकोटमा दुई घर भत्किए, एक महिला बेपत्ता
शुक्रबार, असोज ९, २०८३
जिल्लाको रिब्दीकोट गाउँपालिका–६, धुस्तुङस्थित गोलफानमा शुक्रबार दिउँसो गएको पहिरोले दुई वटा घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । निरन्तर वर्षाका कारण घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुङ्गा–माटो बगेर आउँदा स्थानीय केसुराम सारु मगर र रामबहादुर उचईका कच्ची घर पहिरोले क्षतिग्रस्त बनाएको हो ।
पहिरोले सिद्धार्थ राजमार्गको पाल्पा– बुटवल सडक खण्ड बन्द
शुक्रबार, असोज ९, २०८३
निरन्तर अविरल वर्षाका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने पाल्पा– बुटवल सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । तिनाउ गाउँपालिका–३, तल्लो सिद्धबाबा मन्दिर नजिकै र तिनाउ–५ को चरचरे र जोरधाराबीचमा पर्ने सडकमा माथिबाट ढुङ्गा खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक भिमलाल भट्टराईले बताए ।
वर्षाले बाढीपहिरोको जोखिम, सडकदेखि विद्यालयसम्म प्रभावित
शुक्रबार, असोज ९, २०८३
मनसुनी वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव र बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणालीले देशभरको जनजीवन प्रभावित भएको छ ।
दोभान–सिद्धबाबा खण्डमा राति सवारी आवागमन बन्द हुने
बिहीबार, असोज ८, २०८३
लगातार भइरहेको वर्षाका कारण पहिरो, बाढी तथा डुबानको जोखिम बढेपछि पाल्पा जिल्ला प्रशासन कार्यालयले सिद्धार्थ राजमार्गअन्तर्गत दोभान–सिद्धबाबा सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ ।
पाल्पामा वर्षाको असर : राजमार्गदेखि ग्रामीण सडकसम्म प्रभावित
बिहीबार, असोज ८, २०८३
बुधबार रातिदेखि परेको लगातारको वर्षाले पाल्पाका विभिन्न सडकखण्डमा पहिरो खस्दा यातायात प्रभावित भएको छ । सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रदेखि आर्यभञ्ज्याङ–रामपुर सडकखण्डसम्म पहिरो खसेपछि सडक सञ्चालनमा चुनौती थपिएको हो ।


