Shittalpati
जिप दुर्घटनामा चालकको मृत्यु : तीन जना घाइते
जिप दुर्घटनामा चालकको मृत्यु : तीन जना घाइते रुकुमपूर्वबाट तुलसीपुरतर्फ आइरहेको ग१ज ५६६१ नम्बरको जिप आज बिहान राप्ती राजमार्गअन्तर्गत कपुरकोट गाउँपालिका–३ चोरखोला नजिक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्युु भएको छ ।
रामेछाप बस दुर्घटना अपडेटः १२ जनाको मृत्यु
रामेछाप बस दुर्घटना अपडेटः १२ जनाको मृत्यु रामेछाप सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।
रुद्रवेणी–वामीटक्सार सडक अवरुद्ध हुने
रुद्रवेणी–वामीटक्सार सडक अवरुद्ध हुने गुल्मीको रिडी‐रुद्रवेणी–वामीटक्सार–सडकखण्ड आजदेखि अवरुद्ध हुने भएको छ । उक्त सडकखण्ड अन्तर्गत सत्यबती गाउँपालिकास्थित सिस्ने भिर क्षेत्रमा आजदेखि सडक स्तरोन्नतिको काम सुरु हुने भएको कारण केही समयका लागि सवारी आवागमन बन्द हुने भएको हो ।
बैतडी बस दुर्घटनाः मृतकको सङ्ख्या १३ पुग्यो
बैतडी बस दुर्घटनाः मृतकको सङ्ख्या १३ पुग्यो जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । आठ जनाको घटनास्थलमा र अन्य पाँच जनाको डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो ।  
टिकटक भाइरल हुने रिडीको तीन मुखेपुल हाम्रो पहलमा बनेको हो: डा. भण्डारी
टिकटक भाइरल हुने रिडीको तीन मुखेपुल हाम्रो पहलमा बनेको हो: डा. भण्डारी नेपाली काँग्रेसका प्रभावशाली नेता एवं गुल्मी निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा. चन्द्र भण्डारीले गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रिडीमा निर्माण भएको तीन मुखेपुल आफ्नो पहल निर्माण भएको बताएका छन्।
गुल्मीमा बाबुले  गरे आफ्नै शिशुको हत्या
गुल्मीमा बाबुले  गरे आफ्नै शिशुको हत्या गुल्मीमा आफ्नै बाबुद्वारा तीन महिने शिशुको हत्या भएको छ । इस्मा गाउँपालिका–३ छल्दीटारका ४६ वर्षीय सन्तबहादुर कुमालले आफ्नो तीन महिने शिशु सुवास कुमालको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाबुलाई प्रहरीले विहीबार पक्राउ गरेको छ ।
विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु
विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु नवलपरासी(बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु भएको छ ।
मलामी बोकेको जिप दुर्घटनामा एकको मृत्यु 
मलामी बोकेको जिप दुर्घटनामा एकको मृत्यु  पाल्पाबाट मलामी बोकेर रिडी जाँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जोर्ते टिपर दुर्घटना अपडेट : ठेगाना खुल्यो, मृत्यु हुनेमा चालक 
जोर्ते टिपर दुर्घटना अपडेट : ठेगाना खुल्यो, मृत्यु हुनेमा चालक  जिल्लाको रिब्दीकोट गाउँपालिका –२ जोर्तेमा भएको टिपर दुर्घटनामा मृत्यु हुनेको विवरण खुलेको छ । मृत्यु हुनेमा चालक धादिङको थार्के गाउँपालिका–३  का ३१ वर्षीय केशव परियार रहेको प्रहरी चौकी अर्गेलीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको हो ।
 जोर्तेमा टिपर दुर्घटना : एकको मृत्यु 
 जोर्तेमा टिपर दुर्घटना : एकको मृत्यु  जिल्लाको रिब्दीकोट गाउँपालिका –२ जोर्तेमा टिपर दुर्घटना भएको छ । आज विहान नवरलपरासीको पाल्पा  सिमेन्ट उद्योगबाट सिमेन्ट लिएर गुल्मीको मालिका गाउँपालिका जाँदै गरेको ना ८ ख ३६५ नम्वरको  टिपर दुर्घटना भएको हो ।
बैतडीमा जिप दुर्घटना : मृतकको संख्या चार पुग्यो
बैतडीमा जिप दुर्घटना : मृतकको संख्या चार पुग्यो जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन  नगरपालिका–८ साडीघाटीमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । डडेल्धुरा अस्पतालमा उपचारको क्रममा घाइते सिगास गाउँपालिका १ स्थित  २७ वर्षीय बसन्ती ऐरको मृत्यु भएसँगै मृतकको संख्या चार पुगेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरजसिंहले जानकारी दिए । 
Weather Update