Shittalpati
भोटेकोसी बाढी : सुरुङबाट थप ११ जनाको शव निकालियो

काठमाडौं, रसुवाको भोटेकोसीमा भदौ १० मा आएको बाढीपछि सम्पर्कविहीन भएका माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका कामदारको खोजीका क्रममा अडिट–३ सुरुङबाट ११ शव निकालिएको छ ।

नेपाली सेनाका अनुसार सुरुङभित्र जालीमा अल्झिएको र हिलोमा दबिएको अवस्थामा ती शव फेला परेका हुन् । आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले शनिबार ती शव बाहिर निकालेको हो । बाहिर निकालिएका शवको थप व्यवस्थापन तथा पहिचानको प्रक्रिया अघि बढाइनेछ । बाढीपछि आयोजनामा कार्यरत केही व्यक्ति सम्पर्कविहीन भएका थिए । उनीहरूको खोजीका लागि सुरुङ तथा आयोजनास्थलमा उद्धार टोली परिचालन गरिएको छ । उद्धार तथा खोजी अभियानमा नेपाली सेना, उद्धार टोली र आयोजनाका प्रतिनिधिहरू सहभागी छन् ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हालसम्म १४११ जनाको शव फेला परेको र ५ हजार बढी नागरिक बेपत्ता रहेको जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असोज ४, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update