Shittalpati
पाल्पाको तिनाउमा ५७ वर्षीय पुरुष मृत भेटिए
पाल्पाको तिनाउमा ५७ वर्षीय पुरुष मृत भेटिए पाल्पाको तिनाउ गाउँपालिका १ झिङ्गामारामा एक पुरुष मृत भेटिएका छन् । रुपन्देही सैनामैना नगरपालिका ४ का ५७ वर्षीय कृष्ण बहादुर थापा झिङ्गामारा स्थित जंगलमा मृत अवस्थामा फेला परेको प्रदेश पाँचको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।
सिद्धार्थ राजमार्ग एकतर्फी खुल्यो
सिद्धार्थ राजमार्ग एकतर्फी खुल्यो पहिरोका कारण तीन दिनदेखि अवरुद्ध बनेको सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडक खण्ड एकतर्फी खुलेको छ । सडक खुलाउने लामो प्रयासपछि आइतबार ३ बजेदेखि एकतर्फी खुलेको हो ।
सिद्धार्थ राजमार्ग अझै खुल्न सकेन
सिद्धार्थ राजमार्ग अझै खुल्न सकेन पहिरोका कारण तीन दिनदेखि अवरुद्ध बनेको सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडक खण्ड अझै खुल्न सकेको छैन । अविरल वर्षासँगै खसेको पहिरो पन्छाउन नसकिँदा शुक्रबार रातिदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग आइतबार विहानसम्म पनि खुल्न नसकेको हो ।
पहिरोका कारण पाल्पामा इन्टरनेट सेवा अवरुद्ध
पहिरोका कारण पाल्पामा इन्टरनेट सेवा अवरुद्ध पहिरोका कारण पाल्पामा इन्टरनेट सेवा अवरुद्ध भएको छ । शुक्रबार राती परेको अविरल वर्षाका कारण तिनाउ गाउँपालिकाको दोभान जंगल क्षेत्रमा गएको पहिरोले अप्टिकल फाइवरमा क्षति पुग्न गएकाले जिल्लाको इन्टरनेट सेवा अवरुद्ध बनेको हो ।
तिनाउ नदीले बगाउँदा एक महिलाको ज्यान गयो
तिनाउ नदीले बगाउँदा एक महिलाको ज्यान गयो तिनाउ नदीले बगाउँदा एक महिलाको ज्यान गएको छ । लगातार आएको पानीका कारण नदीमा आएको बाढीले बगाउँदा रुपन्देहीको बुटवलमा एक महिलाको ज्यान गएको हो ।
तानसेनमा कार दुर्घटना हुँदा ४ घाइते
तानसेनमा कार दुर्घटना हुँदा ४ घाइते पाल्पाको सदरमुकाम तानसेनमा कार दुर्घटना भएको छ । शुक्रबार दिउसो तानसेन नगरपालिका ७ सालघारी स्थित बासटारी दमकडा भित्रि सडक खण्डमा कार दुर्घटना हुँदा कारमा सवार चार जना यात्रु घाइते भएका छन् ।
वर्षाका कारण गुल्मीका अधिकांश सडक अवरुद्ध
वर्षाका कारण गुल्मीका अधिकांश सडक अवरुद्ध अविरल वर्षाका कारण गुल्मीको तम्घास–रिडी सडक खण्ड अवरुद्ध बनेको छ । विगत तीन दिनदेखि परेको भारी वर्षाका कारण तम्घास– रिडी सडक खण्डअन्तर्गत रेसुंगा नगरपालिका– १२ को उर्लेनी र रुरुक्षेत्र गाउँपालिका–३ पानीट्याँकीमा सडक माथिबाट पहिरो खसेपछि विहिबार बिहानदेखि सडक अवरुद्ध भएको हो ।
पहिरामा पुरिएर पाँचको मृत्यु, चार बेपत्ता
पहिरामा पुरिएर पाँचको मृत्यु, चार बेपत्ता पहिरामा पुरिएर स्याङ्जाको वालिङमा पाँच जनाको मृत्यु भएको छ । आज बिहान ६ बजे वालिङ १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट खसेको पहिरोमा पुरिएका पाँच जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए ।
पाल्पाका ठाउँ–ठाउँमा पहिरो : मानवियसँगै भौतिक क्षति
पाल्पाका ठाउँ–ठाउँमा पहिरो : मानवियसँगै भौतिक क्षति तीन दिनदेखि निरन्तर परेको वर्षाका कारण पाल्पाका अधिकाँस ठाउँहरुमा पहिरो गएको छ । पहिरोका कारण मानवियसँगै लाखौंको भौतिक क्षति भएको छ ।
फोक्सिङकोट पहिरो अपडेट : बेपत्ता मध्ये एकको शव भेटियो
फोक्सिङकोट पहिरो अपडेट : बेपत्ता मध्ये एकको शव भेटियो पाल्पाको रम्भा गाउँपालिका २ फोक्सिङकोटमा पहिरोमा परी बेपत्ता ६ जना मध्ये एक जनाको शव भेटिएको छ । फोक्सिङ्कोट सुरुमडाँडामा विरबहादुर गाहाको पहिरोले घर पुरिदा बेपत्ता २७ वर्षीया मोतिसरा गाहाको शव भेटिएको हो ।
प्रेमको प्रतिक ‘रानीमहल दरबार’ जाने सडक पिचको काम धमाधम
प्रेमको प्रतिक ‘रानीमहल दरबार’ जाने सडक पिचको काम धमाधम प्रेमको प्रतिकका रुपमा रहेको ‘रानीमहल दरबार’ जाने सडकको पिच गर्ने काम धमाधम भइरहेको छ । अहिले रानीमहल दरवार जाने सडकमा दिनहुँ सडक पिचको काम भइरहेको छ ।
Weather Update