Shittalpati
पहिरो खस्दा तानसेन–बुटवल सडक पुनःअवरुद्ध, ट्रक समेत पुरियो
पहिरो खस्दा तानसेन–बुटवल सडक पुनःअवरुद्ध, ट्रक समेत पुरियो सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै पुन ःपहिरो खसेको छ । गएरातिदेखि सडक माथिबाट खसेको पहिरोका कारण बिहानैदेखि यातायात अवरुद्ध भएको छ, भने नालीमा रहेको ट्रक समेत पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अवरुद्ध तानसेन–बुटबल सडक खुल्यो
अवरुद्ध तानसेन–बुटबल सडक खुल्यो शुक्रबार विहानदेखि अवरुद्ध तानसेन–बुटवल सडक खण्ड खुलेको छ । विहीबार रातभर आएको अविरल वर्षका कारण सडक माथि देखि खसेको पहिरोका कारण् अवरुद्ध बनेको सडक ९ घण्टापछि खुलेको हो ।
तानसेन–बुटबल सडक अवरुद्ध
तानसेन–बुटबल सडक अवरुद्ध सिद्धार्थ राजमार्गमा पहिरो खस्दा शुक्रबार तानसेन–बुटवल सडकखण्ड अवरुद्ध भएको छ ।
अवरुद्ध सिद्धार्थ राजमार्ग खुल्यो
अवरुद्ध सिद्धार्थ राजमार्ग खुल्यो करिब ४५ घण्टादेखि अवरुद्ध सिद्धार्थ राजमार्ग खुलेको छ । अविरल वर्षाका कारण सोमबार बेलुकी ५ देखि अवरुद्ध सिद्धार्थ राजमार्ग अन्तर्गतको तिनाउ–३, पैठेडाँडामा गएको पहिरो हटाएपछि बुधबार दिउसो १ः३० बजे बाटो खुलेको हो । सडकदेखि माथिबाट ठूला ढुङ्गा सहित खसेको पहिरोले सडक पूर्णरुपमा अवरुद्ध भएको थियो ।
पहिरोमा एकको मृत्यु, तीन बेपत्ता
पहिरोमा एकको मृत्यु, तीन बेपत्ता जिल्लाको कालीगण्डकी गाउँपालिका–४ खहरेमा पहिरोमा परेर ६५ वर्षीय इमानसिंह रानाको मृत्युु भएको छ । बाटोमा हिँडिरहेको अवस्थामा माथिबाट गएको पहिरोले रानासहित पाँच जनालाई पुरेको थियो भने एकजना भागेर ज्यान जोगाएका छन् । तीनजना अझै पहिरोमा परेर बेपत्ता भएको र उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीलाई घुस दिन खोज्ने दुई जना पक्राउ
प्रहरीलाई घुस दिन खोज्ने दुई जना पक्राउ प्रहरीलाई घुस दिन खोज्ने दुई जना पक्राउ परेका छन् । लागुऔषध मुद्दामा पक्राउ परेका दुर्गाराम खत्रीको मुद्दा मिलाई दिनुपर्‍यो भनि जवरजस्ती एक लाख ५० हजार रुपैया घुस दिन खोज्ने दुई जना पक्राउ परेका हुन् । दाङमा प्रहरी निरीक्षकलाई घुस दिन खोज्ने घोराही उपमहानगरपालिका वडा नं. १८ सुपैलाकुटी बस्ने २७ बर्षीय...
पूर्वपश्चिम र सिद्धार्थ राजमार्ग अवरुद्ध
पूर्वपश्चिम र सिद्धार्थ राजमार्ग अवरुद्ध अविरल वर्षाका कारण खसेको पहिराका कारण पूर्वपश्चिम र सिद्धार्थ राजमार्ग अवरुद्ध भएका छन् । गए रातिदेखि परेको अविरल वर्षाका कारण पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणघाट खण्डको दाउन्नेमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । उक्त क्षेत्रमा रातिदेखि झरेको पहिराले राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रुपले बन्द रहेको प्रदेश नं ५ ट्राफिक...
पाल्पाको निस्दीमा एक वृद्ध मृत भेटिए
पाल्पाको निस्दीमा एक वृद्ध मृत भेटिए जिल्लाको निस्दी गाउँपालिकामा एक वृद्ध मृत भेटिएका छन् । निस्दी गाउँपालिका २ सिलमिङ गैराको जंगलमा सोही स्थानका ८२ वर्षका खडे कानुङ मृत भेटिएका हुन् । उनलाई घर नजिकैको भिरबाट ३ सय मिटर तल मृत अवस्थामा फेला पारिएको प्रादेशिक प्रहरीले जनाएको छ । कानुङ गत शुक्रबार बहिनी ज्वाई भेट्न भनि सुकेकोट...
रुद्रवेणी–वामीटक्सार सडक अवरुद्ध
रुद्रवेणी–वामीटक्सार सडक अवरुद्ध वर्षाका कारण पहिरो गएपछि रुद्रवेणी–वामीटक्सार सडक अवरुद्ध बनेको छ । सत्यवती गाउँपालिका –६ डहरे खोलामा ट्रक भासिएपछि गए रातिदेखि सडक अवरुद्ध बनेको हो । सडक अवरुद्धपछि एम्बुलेन्ससहित दर्जनाँै सवारी साधन र यात्रु बीच बाटामा अलपत्र परेका छन् । सडक पुनःसञ्चालन गर्न डोजर परिचालन गर्ने तयारी भइहेको सत्यवती गाउँपालिका अध्यक्ष पारिश्वर...
जिप दुर्घटनामा एकको मृत्यु
जिप दुर्घटनामा एकको मृत्यु रुपन्देहीको कञ्चन गाउँपालिकास्थित फायरलाइनमा बलेरो जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । स्थानीय हरैयाबजारबाट फायरलाइनतर्फ आउँदै गरेको बा१५च ९३८९ नंको बलेरो अनियन्त्रित भई सालको रुखमा ठोक्किएको इलाका प्रहरी कार्यालय रुद्रपुर रुपन्देहीले जनाएको छ ।
मृत भनिएका व्यक्ति जीवित भेटिए
मृत भनिएका व्यक्ति जीवित भेटिए पाल्पामा मृत भनी दाहसंस्कार गरिएका व्यक्ति जीवित भेटिएका छन् । गुल्मी जिल्ला रुरु गाउँपालिका–५ बम्गाका ६५ वर्षीय श्यामशरण भण्डारी पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ अर्चलेमा जीवित अवस्थामा भेटिएको रिडीमा बसोबास गर्दै आएका चुरामणि तिमिल्सिनाले बताए । गुल्मी निवासी भण्डारी हाल रुपन्देही जिल्लाको मणिग्राममा सपरिवार बसोबास गर्दै आएका थिए ।
च्याउ खाँदा चार बिरामी
च्याउ खाँदा चार बिरामी रुपन्देहीको रोहिणी गाउँपालिका – १ मा विषालु च्याउ खाँदा एकै परिवारका चार जना बिरामी परेका छन् । शुक्रबार साँझ जङ्गलबाट ल्याइएको च्याउ खाँदा रोहिणी – १ निवासी ३० वर्षीया सहनाज खातुन, २० वर्षीया मसिहुस निसा, १६ वर्षीया सहिदा खातुन र १० वर्षीय समिर अन्सारी बिरामी भएका हुन् ।
Weather Update