Shittalpati
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

रुपन्देही । रुपन्देही जिल्लाको गैडहवामा शुक्रबार भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एकजना घाइते भएका छन् । गैडहगवा गाउँपालिका ५ तेलण्डियास्थित लुम्बिनी–कलौनी सडकखण्डमा लु १४ प ७९४४ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टी दुर्घटना हुँदा चालक रूपन्देही जिल्ला, शुद्धोधन गाउँपालिका वडा नम्बर ६ का ४० वर्षीय समुजराम केवटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए ।

दुर्घटनामा घाइते केवटको उपचारका लागि भैरहवास्थित भीम अस्पताल लगिएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक खत्रीले जानकारी दिए । उक्त दुर्घटनामा हात र खुट्टामा सामान्य चोट लागेका मोटरसाइकलमा सवार ३५ वर्षीय गुडिया केवटको सोही अस्पतालमा उपचार भइरहेको बताइएको छ । –रासस

प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०७७  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update