Shittalpati
न्यु युथ युनियन कप : दोस्रो सेमि फाइनल खेलमा दमकडा फुटबल  क्लबको जित

पाल्पा, न्यु युथ युनियन क्लबको आयोजनामा तानसेनमा सञ्चालन भईरहेको फुटबल खेल अन्र्तगत बुधबार भएको दोस्रो सेमि फाइनल खेलमा दमकडा फुटबल  क्लब तानसेनले मनोभाग फुटबल क्लब रुपन्देहीलाई ५–१ गोल अन्तरले पराजित गरि फाइनलमा पुगेको छ। फाइनल खेल १७ गते शनिवार दमकडा फुटबल क्लब र भगवती युथ क्लब पाल्पा बिचहुने पाल्पाजिल्ला फुटबल संघका उपाध्यक्ष प्रज्वल उदयले जानकारी दिएका छ्न यस अघि पहिलो सेमिफाइनल खेलमा भगवती युवा क्लबले फर्साटिकट क्लब रुपन्देही लाइ ५–२ गोल अन्तरले पराजित गर्दै फाइनल पुगेको थियो ।

फाइनल बिजेता टिमले १ लाख ११ हजार १ सय ११ र उप बिजेता टिमले ५५ हजार ५ सय ५५ रु.नगद पुरस्कार शिल्द, पदक पाउने आयोजक क्लबका अध्यक्ष ताम बहादुर कुमालले  जानकारी दिएका छन् । जेठ ६ गते देखि संचालित प्रतियोगितामा पाल्पा र रुपन्देहीका गरि १२ टिमको सहभागिता रहेको छ।

प्रकाशित मिति: शुक्रबार, जेठ १७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update