न्यु युथ युनियन कप : दोस्रो सेमि फाइनल खेलमा दमकडा फुटबल क्लबको जित
शुक्रबार, जेठ १६, २०८२

तानसेनमा तेस्रो न्यूयुथ युनियन कप फुटबल प्रतियोगिता सुरु
मंगलबार, जेठ ६, २०८२
जिल्लाको तानसेनस्थित टुडिखेल मैदानमा तेस्रो न्यूयुथ युनियन कप फुटबल प्रतियोगिता सुरु भएको छ । न्यूयुथ युनियन क्लब तानसेनको आयोजनामा मंगलबारदेखि प्रतियोगिता सुरु भएको हो ।

नेपाली सेनाद्वारा ‘माथागढी पार्क’ पालिकालाई हस्तान्तरण
मंगलबार, वैशाख २३, २०८२
जिल्लाको माथागढी गाउँपालिकामा रहेको ऐतिहासिक गढीमा उद्यान पार्क निर्माण गरि माथागढी गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । नेपाली सेना मध्यपश्चिम हेक्डक्वाटर बुटवलको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको उद्यानको पृतानपति उपरथि प्रेमबहादुर पुनले गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदिलाई हस्तान्तरण गरेका हुन् ।

‘रुख रोपौं, वातावरण संरक्षण गरौं’ विषयक गोष्ठी तानसेनमा
आइतबार, वैशाख ७, २०८२
रुख रोपौं वातावरण संरक्षण गरौं’ विषयक एक दिने गोष्ठी तानसेनमा भएको छ । तानसेन नगरपालिका –२ वडा कार्यालयको आयोजना र प्रजातान्त्रिक विचार समाजको समन्वयमा गोष्ठी भएको हो ।

पाल्पा दरबार संग्रहालयलाई तोपका गोला हस्तान्तरण
बुधबार, चैत १३, २०८१
पाल्पा दरबार संग्रहालयलाई तोपका गोला हस्तान्तरण गरिएको छ । नेपाली सेनाले तयार पारेका र विभिन्न समयमा फेला परेका ९० गोटा तोपका गोलाहरु संग्रहालयलाई हस्तान्तरण गरिएको हो ।

तानसेनको प्रभासमा शिवरात्रिका अवसरमा कृषि मेला तथा सांस्कृतिक कार्यक्रम
बुधबार, फागुन १४, २०८१
जिल्लाको तानसेन नगरपालिका–७ प्रभासमा महाशिवरात्रिको अवसरमा कृषि मेला तथा सांस्कृतिक कार्यक्रम भएको छ । प्रभास क्षेत्र धर्म संस्कृति तथा मेला पर्व ब्यवस्थापन समितिको आयोजनामा बुधबार कार्यक्रम भएको हो ।

जेहन्दार विपन्न दलित बालबालिकालाई शैक्षिक सामग्री
शुक्रबार, फागुन ९, २०८१
जिल्लाको तानसेन नगरपालिका भित्रको सिल्खान –२ टोल विकास संस्थाले जेहन्दार विपन्न दलित बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । संस्थाले तानसेन नगरपालिका –४ वडा कार्यालयको आर्थिक सहयोगमा एक औपचारिक कार्यक्रमकाबिच बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

जनप्रिय माविले मनायो ६५ औं वार्षिक उत्सव
मंगलबार, फागुन ६, २०८१
तानसेनको बर्तुङ्गस्थित जनप्रिय माध्ममिक विद्यालय बर्तुङ्गले ६५ औं वार्षिक उत्सव एवं अभिभावक दिवस मनाएको छ । विद्यालयले सप्ताहव्यापी कार्यक्रमको आयोजना गरि वार्षिक उत्सव एवं अभिभावक दिवस मनाएको हो ।

मोहन कन्या माविले भदौमा हिरक महोत्सव मनाउने
शनिबार, माघ २६, २०८१
पश्चिम क्षेत्रकै एक मात्र कन्या मन्दिरको रुपमा रहेको तानसेनस्थित मोहन कन्या माविले आगामी भदौ १६ गते ७५ औै वार्षिकोत्सव हिरक महोत्सवको रुपमा मनाउने भएको हो ।

पाल्पामा पनि मनाइयो ३०३ औं पृथ्वी जयन्ती
शनिबार, पुस २७, २०८१
पाल्पा लगायत देशभर ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । पृथ्वीनारायण शाहको योगदानलाई कदर गर्दै शनिबार पाल्पा लगायतका देशभर उनको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरी मनाईएको हो ।

पाल्पामा मनाइयो कर सप्ताह, धेरै कर तिर्नेलाई सम्मान
शुक्रबार, मंसिर ७, २०८१
पाल्पामा विभिन्न कार्यक्रम गर्दै कर सप्ताह २०८१ मनाइएको छ । हरेक नागरिकलाई करको दायरामा आउनका लागि आह्वानस्वरुप मंसिर १ गतेदेखि विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै सुरु गरिएको १३ औं कर दिवस शुक्रबार समापन गरिएको हो ।

पाल्पामा थपिदै सुविधाजनक बसहरु
बिहीबार, मंसिर ६, २०८१
यात्रुको सुविधा र सेवालाई मध्यनजर गरी पाल्पामा सोफा सिटर बस थपिदै लगिएको छ । पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. पाल्पाबाट दसैं यता काठमाडौंका लागि ६ वटा सुविधाजनक रात्रीकालिन सोफा सिटर बस सञ्चालनमा ल्याइएको प्रा.लि.का प्रमुख डोलराज भट्टराईले बताए ।

पाल्पामा ‘प्रहरी दिवस’ : उत्कृष्ट प्रहरी कर्मचारी तथा अन्य व्यक्तिहरुलाई सम्मान
बुधबार, असोज ३०, २०८१
जल्ला प्रहरी कार्यालय पाल्पाले ६९ औं प्रहरी दिवस भव्यताका साथ मनाएको छ । प्रहरीले बुधबार विभिन्न कार्यक्रम गरी दिवस मनाएको हो ।