Shittalpati
जेनजी आन्दोलनका मृतकको सम्झनामा अमेरिकामा दीप प्रज्वलन

अमेरिका, नेपालमा भदौ २३  र २४ मा भएको जेनजीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा मृत्यु भएकाको सम्झनामा अमेरिकाको भर्जिनियामा दीप प्रज्वलन गरिएको छ । अमेरिकाको भर्जिनियामा रहेका नेपालीहरुले नेपालमा जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउने युवाहरुको सम्झनामा श्रद्धाञ्जली अर्पण  गर्दै दीप प्रज्वलन गरेका हुन् ।

संक्षिप्त शोकसभामा सशांक कार्की, अर्जुन गौतम, द्रोण भुषाल  लगायतले जेनजीको आन्दोलनमा मारिएकाहरुप्रति गहिरो दुख व्यक्त गरेका छन् । उनीहरुले सरकारले अनावश्यक बल प्रयोग गरेर स्कूल/कलेजस्तरमा रहेका होनहार युवाहरुको ज्यान लिने जघन्य अपराध गरेको बताएका छन् । उनीहरुले देश रोएको हुँदा आफुहरु मर्माहत भएको उल्लेख गरे । आन्दोलनका क्रममा कलिला बालबालिकाले ज्यान गुमाउनु परेकोमा आफुहरुलाई निकै पिडा भएको बताउदै शोकलाई शाक्तिमा बदल्न बाध्य बनाएको उनीहरुको भनाई छ । आफुहरुको जन्मघरको माया ममता रहेको बताउदै दुःखद यो समयमा आन्दोलनका क्रममा निधन हुनेको परिवारलाई न्यायोचित सहयोग र घाइतेको निःशुल्क उपचार हुनुपर्ने उनीहरुको धारण  छ । उनीहरुले आन्दोलनमा आफ्ना बाबु–नानी गुमाएका अभिभावकहरुप्रति समवेदना  समेत व्यक्त गरेका छन् । यसैबीच अमेरिकामा नेपालीहरुले ड्यालस, बाल्टिमोर, बोस्टन लगायतका शहरमा समेत शोकसभा एवं आन्दोलनमा मारिएकाहरुको सम्झनामा दीप प्रज्वलन गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update