Shittalpati
लुम्बिनी प्रादेशिक अस्पतालमा एक कैदीको मृत्यु

पाल्पा । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अर्घाखाँचीका एक कैदीको मृत्यु भएको छ । अर्घाखाँची कारागारका कैद भुक्तानी गरिरहेका ४६ वर्षीय विजय पाण्डेको मृत्यु भएको प्रादेशिक प्रहरीले जनाएको छ । चोरी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका उनको शरीर एक्कासी सुन्निएपछि उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएकामा आइतबार मृत्यु भएको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । यस्तै दाङको तुलसीपुर उपमहानगरपालिकामा ६० वर्षीया लिला खड्काको नालीको खाल्डोमा डुबेर मृत्यु भएको छ । तुलसीपुर १९ खैरेनीचोककी उनको मुख धुने क्रममा लडेर मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २१, २०७७  १७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update