Shittalpati
श्रीमतिको पुण्य तिथिमा कोईरालाले गरे निलसागर आश्रमलाई खाद्यान्न सहयोग

पाल्पा, जिल्लाको तानसेन नगरपालिका–५ कैलाशनगरका समाजसेवी भुवानन्द कोईरालाले तानसेनस्थित भूषलडाँडामा रहेको निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेका छन् । उनले स्वर्गिय धर्मपत्नी खुमकुमारी कोईरालाको स्मृति तथा १४ औं दिनको पुण्य तिथिमा  आश्रममै पुगेर  खाद्यान्न  सहयोग गरेका हुन् ।

मानव सेवा नै धर्म भएकाले आफुले सक्दो सहयोग गरेको कोईरालाले बताए । गरिब,असहाय,अशक्तहरुलाई खुसी राख्न सके मात्र पितृको सम्मान हुने भएकाले परिवारसहित  आश्रमै पुगेर खाद्यान्न सहयोग गरेको उनको भनाई छ । कोइरालाले खाद्यान्न सहयोग गरेपछि आश्रममा आश्रित रहेकाहरु उत्साहित भए । आफुहरुप्रति  कोइरालाले देखाएको सहयोग र सद्भावले मन खुसी भएको उनीहरुले बताएका छन् ।

यहाँको आश्रम विभिन्न व्यक्ति तथा संस्थाहरुको सहयोगमा सञ्चालन हुँदै आएको छ । हाल  यहाँ ५ जना महिला, १२ जना पुरुष  गरी १७ जना वृद्धवृद्धा र एक बालकाले आश्रय लिदै आएको आश्रमले जनाएको छ ।  

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update