Shittalpati
शिक्षक संघको तिज विशेष कार्यक्रम

पाल्पा, नेपाल शिक्षक संघ महिला विभाग पाल्पाले तिज विशेष कार्यक्रम गरेको छ ।  विभागले तानसेनमा तिज मिलन तथा शुभकामना आदान–प्रदान गरी तिज विशेष कार्यक्रम गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि  नेपाल शिक्षक संघका  संघीय उपाध्यक्ष  दिपक  ज्ञावलीले  शिक्षकहरुको हकहितका लागि शिक्षकहरु धेरै पटक आन्दोलनमा हुमिनु परेको स्मरण  गर्दै जस्तोसुकै अवस्था भए पनि शिक्षा  विधेयक ल्याउन नेपाल  शिक्षक संघ , नेपाल शिक्षक महासंघ  लागि  परेको  बताए ।

नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष लक्ष्मण बस्यालले पाल्पाका शिक्षकहरु जहिले पनि उदाहरणीय काम गरेको  औल्याउदै अहिले  पनि भाषा कला,सस्कृतिको जगेर्ना गर्दै महिलाहरूले जनचेतना जगाउने खालका सन्देशमुलक गीतहरु सिर्जना गर्ने गरेको बताए । संघ पूर्व  अध्यक्ष  धनकला गाहाले परम्परागत तिज गीत  र अहिले बजारमा आएका  तिजको तुलना  गर्दै अचेल  तिज भड्किलो बन्दै गएको अवस्थामा  शिक्षक संघ महिला  विभागले गरेको  सिर्जनात्मक  कार्यक्रम अनुकरणीय  रहेको बताइन् ।

संघका सल्लाहकार  महेन्द्र थापा, नेपाल शिक्षक संघका  नौ वटा पालिका अध्यक्ष लगायतले हरितालिका तिजको शुभकामना दिएका थिए । कार्यक्रम नेपाल शिक्षक संघका जिल्ला उपाध्यक्ष एव महिला विभाग प्रमुख धना रानाको अध्यक्षता,संघको नगर कमिटी अध्यक्ष केशरी बस्नेतको स्वागत, नगर कमिटी सह–सचिव  मञ्जु पोख्रेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा सहभागी शिक्षकहरुले  मौलिक  भाकामा शिक्षा निति , शिक्षा  विधेयक, सरकार र विकृति विसंगतिका विरुद्धमा सशक्त तिज गीतहरु प्रस्तुत ष्रेका थिए ।

 

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update