निरन्तरको वर्षाले सिद्धार्थ राजमार्गमा पहिरो, सडक अवरुद्ध
बिहीबार, असोज ८, २०७७

अविरल वर्षाका कारण पाल्पामा पहिरो, ३ घर पुरिदा ६ बेपत्ता
बिहीबार, असोज ८, २०७७
मंगलबार दिउसोदेखि आएको अविरल वर्षाका कारण पाल्पाको रम्भा गाउँपालिका २ फोक्सिङकोट बेलौजामा पहिरो गएको छ । आज विहान गएको पहिरोले फोक्सिङकोट बेलौजाका तीन घर पुरिएका छन् ।

पाल्पाको रिब्दीकोटमा महिला मृत अवस्थामा फेला
बुधबार, असोज ७, २०७७
जिल्लाको रिब्दीकोट गाउँपालिकामा एक महिला मृत अवस्थामा फेला परेकी छन् । रिब्दिकोट २ धाराधी बस्ने केशव लाम्टांगे मगरको श्रीमति ३२ वर्षीया पद्मा लाम्टांगे घर नजिकैको सडकमा मृत अवस्थामा फेला परेको प्रादेशिक प्रहरीले जनाएको छ ।

पाल्पा–बुटवल सडक खण्ड अवरूद्ध
बुधबार, असोज ७, २०७७
पाल्पा–बुटवल सडक खण्डमा अवरूद्ध बनेको छ । मंगलबारदेखि परेको अबिरल वर्षाका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने तिनाउ गाउँपालिका ५ कालिमाटीमा ढुङ्गा सहितको पहिरो खस्दा सडक अवरुद्ध बनेको हो ।

ढोरपाटनमा २० दिनपछि सञ्चार सेवा
मंगलबार, असोज ६, २०७७
ढोरपाटनको बाढीग्रस्त क्षेत्रमा अवरुद्ध भएको २० दिन पछि सञ्चार सेवा पुनः सुचारु गरिएको छ । अविरल वर्षासँगै गत भदौ १७ गते राती ढोरपाटनको भूजीखोलामा आएको बाढीले लघु जलविद्युतमा क्षति पुर्याउँदा विद्युतसँगै मोवाइल टावर समेत बन्द भएको थियो ।

पहिरामा पुरिएर दुईको मृत्यु
मंगलबार, असोज ६, २०७७
इस्मा गाउँपालिका –२ हस्तीचौर, रातचौर, स्यालाको पहिरामा पुरिएर दुई जनाको मृत्यु भएको छ । सोमबार राति गएको पहिरामा पुरिएर बेपत्ता बनेका दुई जना आज बिहान मृतावस्थामा फेला परेका छन् ।

पहिरोमा बेपत्ता दुई जना मध्ये एकको शव फेला
मंगलबार, असोज ६, २०७७
गुल्मीको इस्मा गाउँपालिका २ हस्तिचौर अन्तर्गत रातचौरको स्यालामा सोमबार राति गएको पहिरोमा बेपत्ता बनेका २ जना मध्ये एक जनाको शव फेला परेको छ ।

६ महिनापछि आन्तरिक उडान सञ्चालनमा
सोमबार, असोज ५, २०७७
गत चैतमा सरकारले कोरोना महामारी फैलिन नदिन भन्दै सरकारले लकडाउन गरेपछि बन्द भएको आन्तरिक हवाइ उडान सोमबारदेखि सुरु भएको छ । छ महिनापछि सोमबारदेखि स्वास्थ्य सावधानी अपनाएर आन्तरिक उडान सञ्चालनमा आएको हो ।

हेलिकप्टरमार्फत सुत्केरीको उद्दार
सोमबार, असोज ५, २०७७
गएराति शिशु जन्माएकी एक महिलाको हेलिकप्टरमार्फत उद्दार गरी पोखरा पठाइएको छ । गलकोट नगरपालिका–११ रिघाकी २५ वर्षीया गौरी श्रीसलाई सुत्केरीपछि अत्यधिक रक्तस्राव भइरहेकाले एम्बुलेन्सबाट लान नसकिने अवस्थामा उपचारका लागि हेलिकप्टरमार्फत पोखरा लगिएको छ ।

चार दिनदेखि बेपत्ता स्वास्थ्यकर्मी मृत फेला
सोमबार, असोज ५, २०७७
बुटवलबाट चार दिनदेखि बेपत्ता एक स्वास्थ्यकर्मीको आज शव भेटिएको छ । रुपन्देहीको शुद्धोधन गाउँपालिका –४ निवासी ४४ वर्षीय विष्णुप्रसाद नेपालको शव फेला परेको हो ।

पाल्पामा चितुवाको आक्रमणबाट एक पुरुष घाइते
शुक्रबार, असोज २, २०७७
जिल्लाको रम्भा गाउँपालिका १ करौदीखोलामा चितुवाको आक्रमणबाट एक व्यक्ति घाइते भएका छन् । बाख्रा चराउन जंगल गएका रम्भा १ तल्लो बैरादीका ५२ वर्षीय खड्क बहादुर फाललाई चितुवाले आक्रमण गर्दा घाइते भएका हुन् ।

सडक भासिदा दुई घर विस्तापित, आठ उच्च जोखिममा
मंगलबार, भदौ ३०, २०७७
बागलुङ जिल्ला सदरमुकामको देउराली चोकमा ढलान गरेको सडक भासिदा दुर्घटनाको जोखिम बढ्दै गएको छ । एक हप्ता अघिमात्रै भासिएको सो सडकमा ट्याक्टर गुड्ने क्रममा दुर्घटना भएपनि मानवीय क्षति भने भएको थिएन ।

पहिराले पाँच घर पुर्यो, एक बेपत्ता
सोमबार, भदौ २९, २०७७
अविरल वर्षाका कारण आएको पहिराले बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेरास्थित टुनीबोटमा आज बिहान पाँच घर पुरिएको छ भने एक जना बेपत्ता भएका छन् ।