Shittalpati
गुल्मीमा चट्याङले लागेर एक पुरुषको मृत्यु
गुल्मीमा चट्याङले लागेर एक पुरुषको मृत्यु जिल्लामा चट्याङ लागेर एक जना पुरुषको ज्यान गएको छ । जिल्लाको मदाने गाउँपालिका वडा नं. १ अग्लुङ्गका ३९ वर्षका कमल भण्डारीको शनिबार राती चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार दुर्घटनामा तीन जनाको मृत्यु
कार दुर्घटनामा तीन जनाको मृत्यु रुपन्देहीमा कार दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । रोहिणी गाउँपालिका–४ छिपागढमा लु२च ६७५६ नं को कार दुर्घटना हुँदा रुपन्देही ओमसतिया गाउँपालिकाका–४ का २६ वर्षीय देवेन्द्र चौधरी, कोटहीमाई गाउँपालिका...
गुल्मीमा बेपत्ता पुरुष मृत भेटिए
गुल्मीमा बेपत्ता पुरुष मृत भेटिए जिल्लामा एक बेपत्ता पुरुष मृत अवस्थामा फेला परेका छन् । कालिगण्डी गाउँपालिका वडा नम्बर–४ निवासी ५६ वर्षीय बेगबहादुर क्षेत्री मृत अवस्थामा फेला परेका हुन् ।
पहिरोमा पुरिएर आमाछोराको मृत्यु
पहिरोमा पुरिएर आमाछोराको मृत्यु बैतडीमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डिलाशैनी गाउँपालिका–४ बलालीका ४० वर्षीया पशुपति बोहरा र उनीका १२ वर्षीय छोरा रिकेश रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए ।
बाँसटारी–दुम्कीबास सडक कालोपत्र हुने
बाँसटारी–दुम्कीबास सडक कालोपत्र हुने जिल्लाको बाँसटारी–झडेवा–रहबास–दुम्कीबास जोड्ने सडक खण्ड कालोपत्र हुने भएको छ । तानसेन नगरपालिका र माथागढी गाउँपालिकाको सीमाना सराईदेखि दुम्कीबाससम्म जोड्ने सडक यस बर्ष कालोपत्र हुने भएको हो ।
प्रदेश पाँचमा भएका छुट्टाछुट्टै घटनामा ६ को मृत्यु
प्रदेश पाँचमा भएका छुट्टाछुट्टै घटनामा ६ को मृत्यु प्रदेश पाँचका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै घटनामा ६ जनाको मृत्यु भएको छ । प्रदेश पाँचको नवलपरासी, रुपन्देही, दाङ, पाल्पा र रोल्पामा भएका छुट्टाछुट्टै घटनामा ६ जनाको मृत्यु भएको हो । नवलपरासी सुनवल नगरपालिका १३ मा तेजाब सेवनबाट एक पुरुषको मृत्यु भएको छ ।
सडक क्षेत्र मिचेर बनाइएका घर भत्काइए
सडक क्षेत्र मिचेर बनाइएका घर भत्काइए बुटवल उपमहानगरपालिकामा सडक क्षेत्र मिचेर बनाइएका घर भत्काइएको छ । वडा नं ९ र ११ मा पर्ने कालिका पथलाई ८२ फुटको बनाउने क्रममा सडक क्षेत्र मिचेर बनाइएका घर डोजर लगाएर भत्काइएको हो ।
मोटरसाइकलको ठक्करबाट एकको मृत्यु
मोटरसाइकलको ठक्करबाट एकको मृत्यु बुटवल उपमहानगरपालिका –२ गढिटोलस्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । लु २१ प ३८१२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गढिटोल निवासी ४५ वर्षीय सुरेन्द्र केशरीको सोमबार राति मृत्यु भएको हो ।
घुस लिएको अभियोगमा राजश्व अधिकृत पक्राउ
घुस लिएको अभियोगमा राजश्व अधिकृत पक्राउ आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय रानालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले नियन्त्रणमा लिएको छ । बुटवल–१३ बुद्धचोकमा कपिलवस्तुका गुट्खा व्यापारी अनिलकुमार झासँग घुसबापत दुई लाख लेनदेन गर्दै गरेको अभियोगमा प्रमुख रानालाई मंगलबार आयोग बुटवलको टोलीले नियन्त्रणमा लिएको कार्यालयका प्रमुख भीष्मराज भुसालले जानकारी दिए ।
एक महिना अघिदेखि हराएका पंकज मृत भेटिए
एक महिना अघिदेखि हराएका पंकज मृत भेटिए एक महिना अघिदेखि हराएका चापाकोट नगरपालिका ५ सेखाम स्याङ्जाका पंकज गिरी मृत अवस्थामा फेला परेका छन् । असार १८ गते देखि हराएका उनी खोजतलास गर्दै जाँदा भालुपहाडको फेदीमा मृत अवस्थामा फेला परेका हुन ।
सिद्धबाबा सडक एकतर्फी सञ्चालनमा
सिद्धबाबा सडक एकतर्फी सञ्चालनमा सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने सिद्धबाबा सडकको तानसेन–बुटवल सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । सडक मर्मतपछि आईतबार ४ बजेबाट एकतर्फी रुपमा सञ्चालनमा आएको हो ।
सिद्धबाबामा माथिबाट खसेको ढुङ्गाले लागेर तीन जना घाइते
सिद्धबाबामा माथिबाट खसेको ढुङ्गाले लागेर तीन जना घाइते सिद्धबाबामा माथिबाट खसेको ढुङ्गाले लागेर तीन जना घाइते भएका छन् । सिद्धार्थ राजमार्ग अन्तर्गत जिल्लाको तिनाउ गाउँपालिका ३ सिद्धबाबा मन्दिर नजिकै सडकदेखी माथिबाट खसेको ढुङ्गाले लागेर गाडीमा सवार तीन जना घाइते भएका हुन् ।
Weather Update