Shittalpati
पाल्पामा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका ३ सिरुखर्क स्थित गुल्मी–पाल्पा सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शनिबार तानसेनदेखि गुल्मीको रिडीतर्फ जाँदै गरेको लु १९ प ८१७५ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक तानसेन १४ अर्गेलिका ३९ वर्षीय हरी प्रसाद ज्ञवालीको मृत्यु भएको हो ।

मोटरसाईकल अनियन्त्रित भई सडकमा पल्टिदा उनी र मोटरसाइकलको पछाडी सवार गुल्मी ग्वादीका ४३ वर्षीय अनिल ज्ञवाली घाइते भएका थिए । घाइते उनीहरुलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाएकोमा हरीको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अनिल भने उपचार पछि डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०७७  १७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update