Shittalpati
निषेधाज्ञाले रोकिएन सडक निर्माणको काम, तानसेन–बुटवल सडक मर्मत गरिदै
निषेधाज्ञाले रोकिएन सडक निर्माणको काम, तानसेन–बुटवल सडक मर्मत गरिदै जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि जारी गरेको निषेधाज्ञाले अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरु ठप्प भइरहेको बेला सडक निर्माणको काम भने रोकिएको छैन । निषेधज्ञाको सदुपयोग गरी डिभिजन सडक कार्यालय पाल्पाले भने सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्डमा परेका खाल्टाखुल्टी पुरी कालोपत्रे गर्ने कार्यलाई तिव्रता दिएको छ ।
कोरोना संक्रमित गर्भवतीको मृत्यु
कोरोना संक्रमित गर्भवतीको मृत्यु बाराको सुवर्ण गाउँपालिका—४ की कोरोना संक्रमित एक गर्भवती महिलाको उपचारका क्रममा आज बिहान वीरगञ्जस्थित नारायणी अस्पतालमा मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि भदौ १० गतेदेखि अस्पतालमा उपचाररत २३ वर्षीया ती महिलाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाराले जनाएको छ ।
स्कुटर दुर्घटनामा एक युवकको मृत्यु
स्कुटर दुर्घटनामा एक युवकको मृत्यु रुपन्देहीको तिलोत्तममा ३ मा स्कुटर दुर्घटनामा एक युवकको मृत्यु भएको छ । तिलोत्तमा–३ सीता राइस मिलनजिक भएको दुर्घटनामा चालक तिलोत्तमा–२ शंकरनगरका ४० वर्षका शंकर कार्कीको मृत्यु भएको हो ।
रैनादेवी छहरामा भिरबाट लडेर एक युवकको मृत्यु
रैनादेवी छहरामा भिरबाट लडेर एक युवकको मृत्यु जिल्लाको रैनादेवी छहरा गाउँपालिका ६ खुनधारामा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ । खुनधाराका २६ वर्षका कमल घर्तीको भिरबाट लडेर मृत्यु भएको हो ।
गुल्मीमा जिप दुर्घटना हुँदा चार जना घाइते
गुल्मीमा जिप दुर्घटना हुँदा चार जना घाइते जिल्लाको रेसुङ्गा नगरपालिका ४ अर्खलेमा जिप दुर्घटना भएको छ । सदरमुकाम तम्घासदेखी मालिका गाउँपालिका अर्जे जाँदै गरेको लु २ च २५७३ नम्बरको जिप शुक्रबार दिउँसो दुर्घटना भएको हो ।
पाल्पामा करेन्ट लागेर एकको मृत्यु, एक घाइते
पाल्पामा करेन्ट लागेर एकको मृत्यु, एक घाइते जिल्लाको रैनादेवी छहरा गाउँपालिका ६ खुनधारामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । शुक्रबार विहान घरमा अचानक विद्युत् सर्ट हुँदा २७ वर्षकी दिल कुमारी पुनको मृत्यु भएको हो ।
जिपको ठक्करबाट दुई प्रहरी जवानको मृत्यु
जिपको ठक्करबाट दुई प्रहरी जवानको मृत्यु पोखराको पस्याङ्मा सवारी दुर्घटना हुँदा मोटरसाइकलमा गस्ती गरिरहेका दुई प्रहरी जवानको ज्यान गएको छ । ग १ ब ३६९ नम्बरकोे मोटरसाइकल गस्तीमा रहेका प्रहरीलाई सोही दिशाबाट आउँदै गरेको ग २ च २६२६ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले...
चट्याङले एकको मृत्यु
चट्याङले एकको मृत्यु अविरल वर्षासँगै जात खोलामा आएको बाढीले आज बिहान शिवालय गाउँपालिका–६ को वडा कार्यालय भवन बगाएको छ । भारी बाढीको कटानका कारण टुनीबगरमा रहेको वडा कार्यालय भवनका साथै नजिकै रहेको एउटा ट्रस पुल पनि बगाएको वडाध्यक्ष भक्तबहादुर थापाले जानकारी दिए ।
उद्धार उडान स्थगित
उद्धार उडान स्थगित विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउनका लागि तय भएको पूर्वनिर्धारित उद्धार उडान अनिश्चितकालका लागि स्थगित भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले विदेशबाट फर्कनेका लागि होटल क्वारेन्टिन व्यवस्था नभएको भन्दै उडान स्थगित गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरेको हो ।
छतबाट खसेर युवकको मृत्यु
छतबाट खसेर युवकको मृत्यु फोनमा कुरा गर्दै गर्दा घरको छतबाट खसेर रुपन्देहीमा एक युवकको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका भैरहवाका २३ वर्षीय विकास जैसवालको मृत्यु भएको हो ।
करेन्ट लागेर मृत्यु
करेन्ट लागेर मृत्यु प्युठानमा बँदेल मार्न थापिएको करेन्ट लागेर आज एक महिलाको मृत्यु भएको छ । ऐरावती गाउँपालिका वडा नं २ उखारी निवासी ६० वर्षीया पिमा थापाको आफ्नै बारीमा बँदेल मार्न थापिएको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख नरेन्द्रकुमार कार्कीले बताए ।
भारतमा मृतकको संख्या ५० हजार नजिक
भारतमा मृतकको संख्या ५० हजार नजिक भारतमा कोरोनाभाइरसबाट संक्रमित भएर मृत्यु भएकाहरुको संख्या ५० हजार नजिक पुगेको छ । सरकारी स्वास्थ्य अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार भारतमा कोरोनाका कारण मृत्यु भएकाहरुको कूल संख्या ४९ हजार ९ सय ८० पुगेको छ ।
Weather Update