Shittalpati
पाल्पामा पराल मुनि सुतेका पुरुषको ट्याक्टरले किचेर मृत्यु

पाल्पा । जिल्लाको रम्भा गाउँपालिका –४ बगचौरमा पराल मुनि सुतेका एक पुरुषको ट्याक्टरले किचेर मृत्यु भएको छ । बुधबार राती १० बजेको समयमा धान लोड गरेर हुमिन तर्फ जाँदै गरेको लु ३ त ९८१२ नम्बरको ट्याक्टरले पराल मुनि सुतिरहेका सोही स्थानका ६६ वर्षीय टिकाबहादुर जिसीलाई किच्न पुग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए ।

मृतक ति पुरुष सुस्तमनस्थितीका रहेको स्थानीयले बताएका छन् । उनी राती परालमा सुतिरहेको अवस्थामा ट्याक्टर त्यही माथिबाट कुल्चेर गएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । अहिले घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउदै गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०७७  १३:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update