Shittalpati
सडक स्तरोन्नतीको काम हुने भएपछि बर्तुङ–रिडी, तम्घास सडक बन्द हुने

पाल्पा । तानसेनको बर्तुङ–रिडी, तम्घास सडक बन्द हुने भएको छ । हार्थोक, माल्मुल–जोर्ते सडक खण्डको मोड सुधार तथा सडक स्तरोन्नतीका लागि काम हुने भएकाले कार्तिक २५ गते देखी २७ गतेसम्म र मंसिर २ गते देखि १३ गते सम्म सडक बन्द रहने भएको हो ।

सोमबार सडक डिभिजन कार्यालय पाल्पाले एक सूचना जारी गर्दै हरेक दिन बिहान ३ बजे देखि ६ बजे सम्म,बिहान ७ बजे देखि ९ बजे सम्म, दिउसो १२ बजे देखि ४ बजे सम्म, साँझ ७ बजे देखि ८ बजे सम्म र साँझ ९ बजे देखि राती १२ बजेसम्म आवागमनमा रोक लगाइएको जनाएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०७७  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update