
बुटवल, यु–१४ खेलकुद प्रतियोगिताका लागि लुम्बिनी प्रदेशबाट ७८ खेलाडी छनौट भएका छन् । बुटवलमा दुई दिनसम्म चलेको प्रतियोगिताबाट विभिन्न विद्याका ७८ जना खेलाडी तथा प्रशिक्षकहरु छनौट भएका हुन् ।
काठमाडौंमा हुने १४ वर्ष मुनिकाका लागि प्रदेश भरीका विभन्न विधाका ४ सय ५० विद्यार्थी खेलाडीहरुले गरेको प्रतिस्प्रर्धाका आधारमा खेलाडी छनोट भएका हुन् । यहि जेठ महिनाको २२ देखि २६ गतेसम्म राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा प्रतियोगिता हुन लागेको हो । उक्त प्रतियोगिताका लागि ७८ खेलाडीहरुको छनौट गरिएको नेपाल विद्यालय खेलकुद महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष लेखनाथ पौडेलले जानकारी दिए । प्रतियोगितामा चौध वर्ष मुनिका साढे चार सय विद्यार्थीहरुले ब्याटमिन्टन, टेवलटेनिस, बास्केटवल, एथलेटिक्स, रग्बी र क्रिकेट प्रतियोगिता भएका हुन् । ति प्रतियोगिताबाट छनौट भएका ७८ खेलाडी काठमाडौमा हुने यु–१४ विद्यालय खेलकुद प्रातियोगितामा प्रतिस्पर्धा गर्न जाने छन् । उक्त प्रतियोगिता अन्र्तगत क्रिकेटका लागि यु–१६ का खेलाडीहरुलाई छनोट गरिएको र सोही अनुसार प्रतिस्प्रर्धा पनि हुने अध्यक्ष पौडेलले बताए । नेपाल विद्यालय खेलकुद महासंघ लुम्बिनीका उपाध्यक्ष हेम थापाका अनुसार एथलेटिक्सतर्फ छात्र रिले र लङजम्पबाट ११ खेलाडी छनोट भएका छन् । यस्तै छात्र डवल छात्रा सिंगल टेवलटेनिसबाट ७ जना, छात्रछात्रा बास्केटबलबाट ९ जना, रग्वी छात्रछात्राबाट २६ जना, ब्याटमिन्टन छात्रछात्रा सिंगल डवलबाट ७ जना, क्रिकेट छात्रबाट १६ जना र टोलीनेता र उपनेता एकएक जना गरि ७८ जना छनौटमा परेका हुन् । नेपाल विद्यालय खेलकुद महासंघ लुम्बिनीकोको संयोजनमा बुटवलमा सम्पन्न छनौट प्रतियोगितामा प्याब्सन नेपाल, एन प्याब्सन र नेपाल शिक्षक महासंघले सहकार्य गरेको कोषाध्यक्ष हेमा बेल्बासेले जानकारी दिए ।